spot_imgspot_imgspot_img
Home प्रमुख समचार गौतमबुद्धको मावली पण्डितपुरमा उत्खनन : भेटियो विहार

गौतमबुद्धको मावली पण्डितपुरमा उत्खनन : भेटियो विहार

Social Media Sharing

परासी, २२ मंसिर । कोलिय गणराज्यको राजधानी पत्ता लगाउन पश्चिम नवलपरासीमा उख्नन कार्य भैरहेको छ । शान्तीका दुत गौतम बुद्धको मावलीको रुपमा रहेको तत्कालिन कोलिय गणराज्यको राजधानीको पुष्टिका लागि पुरातत्व विभागले उत्खनन कार्य गरिहेको छ । जिल्लाको रामग्राम नगरपालिका वडा १८ को पण्डितपुरमा कोलियण गणराज्यको राजधानी रहेको हुन सक्ने एैतिहासिक पुरातात्विक बस्तु र तथ्यको आधारमा प्राचिन विहारका संरचना तथा वस्तुहरु फेला पार्ने गरि एक महिनासम्मका लािग सो उत्खनन कार्य भईरहेको पुरातत्व विभागले जनाएको छ ।

पुरातत्व विभागले शुरु गरेको उत्खनन कार्यमा त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्व विषय अध्ययनरत विद्यार्थीहरु समेतको फिल्डमा खटि उत्खनन कार्यमा सघाइरहेका छन् । करिब १ महिनादेखि उत्खनन भैरहेको ३ वटा टेन्ज मध्ये १ वटामा बुद्धकालिन सांस्कृति झल्किनेगरि कुषाणकालमा बनेको भवनको ठुलो संरचना, ईनार, सिक्का, र अर्का साईटमा सिटीवाल भेटिएको पुरातत्व विभागले जनाएको छ ।

भेटिएको भवनको संरचना तत्तकालिन विहार हुनसक्ने अनुमान गरिएको छ । यस्तै तेश्रो साईटको उत्खननमा मुस्लिम समुदायको धार्मिक तथा सांस्कृतिक पहिचान सहित माटोले बनेको भाँडाकुडा, सिक्का भेटिएको छ । उत्खनन कार्य अन्तिम चरणमा रहेको र उत्खनन बाट देखिएको संरचनाहरुको फिनिसिङ्गको कार्यसहित स्थानिय तथा सम्बन्धित निकायलाई प्रदर्शन गराउने कार्य पनि भैरहेको छ । सो क्षेत्रमा अहिलसम्म कुल २९ वटा ट्र«ेन्ज (साईट) मा उत्खनन कार्य भएको छ । र सोहि क्षेत्रमा जिओफिजिक्स सर्वे समेत भएको पुरात्व विभागले जनाएको छ ।

एतिहासिक एवं पुरातात्विक क्षेत्रले भरिएको हाल पण्डितपुर गाउँ ईसापुर्व ७ सयवर्ष पहिला शान्तीका अग्रदुत गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी (रामग्राम) रहेको ईतिहास छ । तत्कालि कोलिय राजधानीमा कोलियका राजाहरु बस्दथे । यस कोलिय राजधानी भित्र ११ वटा नगर राज्य पनि रहेको ईतिहास छ । सो क्षेत्रमा अहिलेसम्म गाउँबासीद्धारा यहाँ खेतीपाती हुदै आएको छ । सो क्षेत्रमा खेतीपाती र पक्की घर लगायका संरचनाले पुरातात्विक बस्तुहरु नष्ट भैरहेको छ । पण्डितपुरको संरक्षण गर्र्दै उसको वृहत उत्खनन र फेला पर्ने संरचनालाई संरक्षण गर्न अति आवश्यक रहेको रामग्राम स्तुप संरक्षण प्रवद्र्धन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताउनु भयो ।

यस्तो महत्वपुर्ण एतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण हुन नसकेकाले यो क्षेत्र पुरै त्यहाँका स्थानिय जनताको कब्जामा छ । यसको संरक्षणमा पुरातत्व भिवाग, रामग्राम नगरपालिका, स्थानिय प्रशासानहरुले चाँसो देखाउन आवश्यक छ । बर्षेनी उत्खनन कार्य हुने र पछि पुर्ने काम मात्र भैरहेको स्थानिय राधेश्याम सिंह संैथवारले आरोप लगाउनु भयो । उहाँले यस क्षेत्रको संरचनालाई संरक्षण गर्दै खुल्ला गर्ने र पर्यटकहरु तान्न सम्बन्धित निकाय तातिनु पर्ने सुझाव दिनु भयो ।

वि.स २९७१ सालमा पुरातत्व विभागले पुरातत्व विद तारानन्दन मिश्र र पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर राज ज्ञवालीको नेतृत्वमा यस क्षेत्रको उत्खनन हुँदा कोलिय गणराज्यको राजधानी हुने थुप्रै प्रमाणहरु फेला परेको थियो । जिओफिजिक्स सर्वेमा पनि उक्त क्षेत्रमा चक्रिय रुपमा ठुलो सिटी बसेको देखिएको छ । तर वृहद उत्खनन र विश्वसम्पदा सुचीमा सुचिकृत नभएका कारण सो क्षेत्र अहिलेसम्म ओझेलमा परेको छ । करिब ६० विगाहा क्षेत्रमा फैलिएको सो पुरातत्व क्षेत्र फैलिएको पुरातत्व विभागको अनुमान छ । भेटिएको संरचनाहरुको संरक्षण र यसको व्यापक प्रचार प्रसारमा रामग्राम नगरपालिका लागि नगरपालिकाले जनाएको छ ।