परासी, ११ फागनु । तरुणहरुलाई उद्यमशिलता संग जोडेर स्वरोजगार बनाउन भरत थापाको योनाज रहेको सुनाउनु भएको छ । जिल्लाका तरुणहरुलाई उद्यमशिल बनाएर स्वरोजगार बनउन र सो बाट रोजगारीको सृजना समेत गराउनुका वस्तु उत्पादनमा बढावा दिने गरि काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । निर्वाचन लक्षित वृहद तरुण भेलालाई सम्बोधन गर्दै नेपलाी कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नंं २ का उम्मेदवार भिम बहादुर थापा (भरत थापा)ले तरुण युवाहरुलाई दक्ष उद्यमशिल बनाउन शिप र तालिमको व्यवस्थापन मिलाउनु आफु पहल गर्ने बताउनु भयो । यसले तरुण र उहाँहरुको परिवारको जिवन स्तर माथि उठने र आर्थिक उपार्जन समेत हुने विश्वास व्यक्त गर्नु भयो ।

सुनवल नगरपालिका पुर्व मेयर समेत रहेका उम्मेदवार भतर थापाले सुनवलको पुर्वाधार, शिक्षा, स्वास्थ, पर्यटन र उद्यमशिलता क्षेत्रमा राम्रो काम गरेको अनुभवन रहेकाले आफुँ यो चुनाव जिते भने यस क्षेत्रको चौतर्फि विकासका लागि खटिएर काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । खास गरि बेरोजगारीलाई न्युनिकरण गर्न यहाँका उद्योग र पर्यटन क्षेत्रमा युवाहरुलाई जोडेर रोजगार तथा स्वरोजगार बनाउन संसदिय भुमिका संगै पोलिसी निर्माणमा काम गरि नतिजा ल्याउनका लागि भरपुर कोसिस गर्ने जिकिर गर्नु भयो ।
आईतबार साँझ परासी स्थित सिद्धार्थ रेजेन्सी होटेलमा नेपाल तरुण दल क्षेत्र नंं २ को क्षेत्रिय कार्यसमितिद्धारा आयोजित वृहद तरुण भेला तरुद दलको क्षेत्रिय अध्यक्ष रमेश पराजुलीको अध्यक्षतामा भई सो भेलाको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य राधेश्याम पाठकले दिप प्रज्वलन गरि समुदघाटन गर्नु भयो । भेला सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले उम्मेदवार भतर थापा, उम्मेदवार बिनोद चौधरी र सामानुपाति उम्मेदवार सुनिता श्रेष्ठलाई जिताउन सबै तरुणहरु परिचालन हुन निर्देशन समेत दिनु भयो । जित सुनिश्चित रहेकाले तरुण र नेवि संघ समेत लाग्न आग्रह गर्दै तरुण र नेवि संघको को निर्वाचनमा महत्वपुर्ण भुमिका रहने पनि जिकिर परिचालन हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति विक्रम यादव, समानुपातिक उम्मेदवार सुनिता श्रेष्ठ, पार्टीका नेता बैजनाथ जयसवाल, पार्टीको क्षेत्रिय सभापति माधव पाण्डे, पार्टी रामग्राम नगर सभापति श्रीधर बस्याल, तरुण दल केन्द्रिय सदस्य करिम खान, तरुण दल जिल्ला अध्यया सुक बहादुर गुरुङ्ग, यज्ञ पाैडेल लगायतका वक्ताहरुले चुनाव जितको लहर ल्याउन हामी सबै एकजुट भएर चुनावी मैदानमा उत्रिएर चुनाव दाउ पार्न आव्हान गरे ।
भेलामा तरुण दलको क्षेत्रिय अध्यक्ष रमेश पराजुली, रामग्राम नगर संयोजक सन्दिप अग्रहरी, सुनवल नगर संयोजक लालुसेन ठकुरी, पाल्हीनन्दन संयोजक धर्मेन्द्र मौय, सरावल संयोजक पवन कुमार चौधरी लगायतले चुनाव सफल र जित हासिल गर्न हामी सबै तरुणहरु लाग्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा तरुण दलको क्षेत्रिय उपाध्यक्ष जितेन्द्र प्रसाद अग्रहरीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन रामग्राम नगर संयोजक सन्दिप अग्रहरीले गर्नु भएको थियो । भेलामा करिब १ हजार तरुणहरुको उपस्थिती रहेको तरुण नेता विष्णु खडकाले जाकनारी दिनु भयो ।

