spot_imgspot_imgspot_img
Home स्थानिय समचार दाईजो तथा बाल विवाह न्युनिकरणका लागि महिला सम्मेलन

दाईजो तथा बाल विवाह न्युनिकरणका लागि महिला सम्मेलन

Social Media Sharing

परासी, २० पुष । सुनवलमा मुस्लिम महिला अधिकार सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । महिलाहरुको हक–अधिकार र सामाजिक दायित्व बारे छलफल हुदै उक्त महिला अधिकार सम्मेलन पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा ९ बनकट्टीमा सम्पन्न भएको हो । मदरसा अरबिया अहलेसुन्नत फैजुर रसुल विद्यालयमा उलमा फाउडेशन नेपाल नवलपरासीको आयोजनामा उक्त एक दिवसिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो । सम्मेलनमा महिलाहरु माथि हुने घरेलु हिंसालाई न्युनिकरणका लािग अपाउने उपायहरुका बारेमा छलफल हुदै महिलाहरुले परिवार तथा समाजबाट पाउने अधिकार समेतका बारेमा चर्चा परिचर्चा गरिएको छ । समाजमा बढदो दाईजो प्रथालाई न्युनिकरण गर्न र समाजमा देखिएको कुरिति तथा विसंगीलाई निमुलन गर्न सबै एकजुट हुनु पर्ने निष्कर्ष निकालिएको थियो । त्यस्तै समाजमा बाल विवाह, बाल श्रम र लैगिङ्गक हिंसालाई पनि न्युनिकरणका लागि सबैले आ–आफनो ठाउँ क्षेत्रबाट पहल गर्न आजको आवश्यक्ता रहेको सम्मेलनमा औल्याइएको थियो ।

त्यस्तै सम्मेलनमा मुस्लिम महिलाहरुलाई ईस्लाम धर्मका बुनयादी विषयबस्तुमा जानकारी दिदै मृतक शरिरलाई नुहाउने तरिका सिकाउने र कफल लगाउने तरिका समेत सिकाउने कार्य गरिएको ओल्मा फाउण्डेशन नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो । उहाँले यस सम्मेलनबाट महिलाहरूमा धार्मिक तथा सामाजिक चेतना जागृत हुनु र समाजमा धार्मिक तथा सामाजिक सदभाव कायम हुनु र आफनो हक अधिकार तथा दायित्व बोध समेत गराउनु उद्देश्य रहेको जिकिर गर्नु भयो ।

सम्मेलनमा महिला बक्ता आलेमा फाजिला कमर जहां अमजदी र आलेमा फाजिला तैयबा शम्सी र आलिमा फाजिला तबस्सुम परवीन लगायतले धार्मिक सामाजिक सन्देश दिएका थिईन् । सम्मेलनमा पवित्र धर्म ग्रन्थ कुरान र हदिसबाट दिइएको समाजिक सन्देश सुनाउदै समाजमा सदभाव तथा सामाजिकता कायम कसरी गर्ने भनि विषयमा छलफल गाराएका थिईन् । सम्मेलनबाट धार्मिक सहिष्णुता कायम गर्न, सामाजिक सदभाव कायम गर्न, देशमा अमनचयन कायम गराउनमा महिलाको भुमिका बारे पनि छलफल गरिएको थियो । महिलाहरुले आफनो परिवार तथा बालबच्चाहरुको शिक्षा र संस्कारमा पनि ठुलो भुमिका खेल्न वक्ताहरुले जोड दिएका थिए । सम्मेलनमा मदरसमा अध्यक्ष हाजी अब्दुलसत्तार मिँया, उल्मा फाउण्डेशन नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँया लगायतले शुभाकमना मन्तब्य राखेका थिए । सम्मेलमा करिब ५ सय महिलाहरुको सहभागिता रहेको थियो ।