परासी, १४ फागुन । नेपाली काङ्ग्रेसका उप–सभापति विश्व प्रकाश शर्माले देशमा परिवर्तन ल्याउनका लागि आफनो पार्टी परिवर्तन भएर आएको बताउनु भएको छ । देशको बिकास र देशमा परिवर्तन ल्याउन आफ्नो पार्टीले नया जोसजागरका साथ नेतृत्व परिवर्तन गरेर तपाईहरुको माझ आएको बताउनु भएको हो ।
नवलपरासीको परासीमा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिद्धरा आयोजित चुनाबी आमसभालाई सम्बोधन गर्दै नेता शर्माले आफ्नो पार्टीले देशको समस्याहरु पहिचान गरि सोको सामाधान गर्न सच्चिएर आएको जिकिर गर्दै देशको असल मुद्दा तथा जेनजीको भावना अनुसार काम गर्ने गरि अगाडी बढिरहेकाले उक्त पार्टीलाई विस्वास गर्न सबैलाई आग्रह गर्नु भयो ।
नेता शर्माले, अहिले देशमा जेनजी तथा जनताको बहस र छलफलमा चलिरहेको पुरानो पार्टी खतम भयो नयाँ पार्टीलाई परिवर्तनका लागि रोज्ने सन्दर्भमा जेनजी र आम सबै मतदाताहरुलाई सम्बोधन गर्दै भन्नु भयो, यदि पुरानो चाहिने हो भने सबै भन्दा पुरानो दल नेपाली कांग्रेस हो यदि नयाँ चाहियो भने सबै भन्दा नयाँ परिवर्तन भएर आएको पार्टी पनि कांग्रेस नै रहेको चर्चा गर्नु भयो । हामीले गल्ती भएका कामलाई सच्चाएर जाने, खराब कामलाई छोडेर जाने र राम्रो कामलाई अंगालेर अगाडी बढि देश विकासमा योगदान पु¥याउन पार्टी सुध्रिएर आएको जिकिर गर्नु भयो ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति महेन्द्र सेन ठकुरीले आफ्नो पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका छ्न । पार्टीमा प्रवेश गरि सभा सम्बोधन गर्ने क्रममा रास्वपाले यस जिल्लामा टिकट बितरणमा आफु कार्यकर्ताहरुको मनसाय बिपरित आर्थिक चलखेल गरि बितरणको आरोप लगाउनु भयो । शुसासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डा बोकेको पार्टीले आफै उम्मेदवार छनौट र टिकट बितरणमा नै आर्थिक चलखेल र अनियमितिा गर्ने पार्टी देखिएकोले यसले देशमो शुसासन कायम गर्छ भनी कतिको विस्वास गर्न सकिन्छ भनि चिन्ता व्यक्त गर्नु भयो ।
आमसभा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सदस्य बिनोद चौधरीले यसपटकको निर्वाचन संविधान जोगाउन पक्षमा मतदान गर्न आग्रह गर्नु भयो । केन्द्रिय सदस्य राधेश्याम पाठकले देशलाई बिकास र निकाक दिन गगन सरकार आवश्यक रहेको बताउनु भयो । त्यस्तै नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य एव पुर्व गृहराज्य मन्त्री देबेन्द्रराज कन्डेलले जिल्लाको चौतर्फी बिकसका लागि यश क्षेत्रका दुबै उम्मेदवारलाई जिताउन सबै खाले मनमुटाव छोडेर भिडन आग्रह गर्नु भयो।
सभामा प्रत्यक्ष तर्फको उम्मेदवार भिम बहादुर थापा क्षेत्री, समानुपातिक उम्मेदवार सुनिता श्रेष्ठ, पार्टीका कायवाहक सभापति बिक्रम यादब, प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, क्षेत्रीय सभापति माधव पाण्डे लगायतले बोलेका थिए । नवलपरासी निर्वाचन क्षेत्र नं. १ बिनोद चौधरी, क्षेत्र नं. २ मा भिम बहादुर थापा क्षेत्री (भरत थापा) कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् ।
सभा परासी र बर्दघाटको चौपत्तामा गरि दुई ठाउमा भएको थियो । दुबै ठाउँमा पार्टी उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गरेका थिए ।

