परासी, २२ मंसिर । पश्चिम नवलपरासीमा पनि अन्तराष्ट्रि«य मर्यादित महिनावारी दिवस विविध कार्यक्रम गरि मनाइएको छ । एकिकृत हातेमालो समाज नेपालको आयोजना तथा प्रतापपुर गाउँपालिकाको समन्वयमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुर विविध कार्यक्रम गरि सो दिवस मनाइएको हो । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा सदस्य मोबिन अंसारीको अध्यक्षतामा मर्यादित महिनावारी दिवस ¥याली निकाली र अभिमुखीकरण कार्यक्रम गरि श्रीरामपुरमा मनाइएको हो ।
जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा आज अन्तराष्ट्रि«य मर्यादित महिनावारी दिवस स्थानिय जनप्रतिनिधि, विभिन्न संस्थाका सहजकर्ता तथा सामाजिक परिचालक र स्थानिय किसोरी तथा महिलाहरुलाई सहभागी गराई श्रीरामपुरमा वृहद ¥याली निकालि शुभकामना र सन्देश दिइएको थियो । ¥यालीमा मर्यादित महिनावारी सम्बन्धी विभिन्न नारा लेखिएको प्लेकार्ड बोकी विभिन्न नारा लगाउदै गाउँभरि परिक्रम गरिएको थियो । परिक्रमा पछि श्रीरामपुर धर्मशालामा अभिमुखीकरण कार्यक्रम आयोजना गरि सहभागी किसोरी तथा महिलाहरुलाई मर्यादित महिना बारे जानकारी दिदै सो अवस्थामा सरसफाईमा व्यापक ध्यान दिनुपर्ने बताइएको थियो ।
महिलाहरु महिनावारी भएको बेला के गर्ने के नगर्ने भन्ने विषयमा स्वास्थ्यकर्मी बिनोद कोहारले सहभागी महिलाहरुलाई जानकारी दिदै महिनावारी अवस्था कस्ता खानेकुरा खाने र शारिरीक सरसफाईमा कसरी ध्यान दिने भन्ने विषयमा जानकारी दिनु भयो । महिनावारीको अवस्थामा सफा कपडा तथा सेनेटरी प्याडको प्रयोग गर्ने र प्रयोगपछि सोलाई व्यस्थित रुपमा व्यवस्थापन गर्न समेत जानकारी दिइएको थियो । महिनावारी सरसफाईमा ध्यान दिन र यौनजन्य रोगको संक्रमणबाट जोग्न वक्ताहरुले बताएका थिए । अभिमुखीकरण कार्यक्रममा गाउँपालिका वडा ५ को वडा सदस्य मोबिन अंसारीले कार्यक्रम उपलब्धीमुलक रहेको भन्दै सो दिवसको सबैमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एकिकृत हातेमालो समाज नेपालको वास सुपरभाईजर साईदा निशा, दिपेश सिग्देल, ईन्द्रेणी सामाजिक विकास मन्चका सामाजिक परिचालक सन्तोष दुबे, सुनवल सामुदायिक विकास मन्चका सामाजिक परिचालक प्रमोद बानिया, पत्रकार बेचु गौड, स्वास्थ्यकर्मी बिनोद कोहार समेतले दिवसको शुभकामना दिएका थिए । कार्यक्रममा स्थानिय सय बढि महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास मंच, सुनवल सामुदायिक विकास मंच लगायतको संस्थाहरुको सहकार्य समेत रहेको थियो ।

