परासी, ६ माघ । पश्चिम नवलपरासीमा ६ जना हेभिवेटका नेताले पनि उम्मेदवारी दर्ता गराएका छन् । आज विहानदेखि शुरु भएको निर्वाचन क्षेत्र नम्बर १ र २ मा गरि ६ जना हेभिवेटका नेताहरु धुमधामका साथ उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाका लागि जसपा नेपालबाट पुर्वमन्त्री ह्देश त्रिपाठी, नेपाली कांग्रेसबाट अर्वपति बिनोद चौधरी, रास्वपाबाट लुम्बिनी प्रदेशका पुर्व महामन्त्री विक्रम खनाल आमने सामने हुने छन भने । निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसबाट पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, राप्रपाबाट पार्टी उपाध्यक्ष तथा पुर्व कानुन मन्त्री धुव्र बहादुर प्रधान, नेपाली कम्युनिष्ट पार्टीका नेता पुर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै तीन पालिकाका पुर्व प्रमुखहरू पनि यस पटक संसदिय चुनावी प्रतिस्पर्धामा उत्रेका छन्र । जसमा सुनवल नगरपालिका पुर्व मेयर भरत थापा, रामग्राम नगरपालिका पुर्व मेयर नरेन्द्र गुप्ता, सुस्ता गाउँपालिका पुर्व अध्यक्ष राम प्रसाद पांडे छन्र ।
जिल्लाको सदरमुकाम परासी र बर्दघाटमा गरि दुई निर्वाचन क्षेत्रका लािग तोकिएको मनोनयन दर्तामा उम्मेदवार हर्षउल्लासका साथ आफना उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट अर्बपति विनोद चौधरी, जसपा नेपालबाट पुर्वमन्त्री ह्देश त्रिपाठी, नेकपा एमालेबाट राम प्रसाद पाण्डेय, राष्ट्रि«य स्वतन्त्र पाटीबाट विक्रम खनाल, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट नवनित कुमार मिश्रा, उज्यालो नेपालबाट विजय कण्डेल, नेपाल कम्युनिष्ट पार्टी (माओबादी) बाट राजु हरिजन लगायतको उम्मेदवारी दर्ता भएको छ । विक्रम खनाल नेपाली कांग्रेसमा लुम्बिनी प्रदेश महामन्त्री थिए । पार्टीबाट टिकट नपाएपछि उनी राष्ट्रि«य स्वतन्त्र पार्टीमा प्रवेश गरि घण्टी चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट दुईजनाको उम्मेदवारी परेको छ । पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल र सुनवल नगरपालिका पुर्व मेयर भिम बहादुरा थापा क्षेत्रीको एउटै पार्टीबाट उम्मेदवारी भएपछि अधिकारिक उम्मेदवार को हो भनि ठुला प्रश्नचिन्ह खडा भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पहिला भिम बहादुरा थापा क्षेत्रीले उम्मेदवारी दिएका हुन् भने पछि कण्डेलको उम्मेदवारी भएको हो । यि दुबै उम्मेदवार एउटै पार्टीको भएपनि अधिकारिक उम्मेदवारका लागि कार्यालयले छानबिन र जाँचबुझ गरिरहेको जनाउदै कण्डेलको उम्मेदवारी कैफियतमा रहेको जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभाका लागि एमालेबाट लेखनाथ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट पुर्व मन्त्री देवेन्द्र पौडेल, राप्रपाबाट धुव्र बहादुर प्रधान, रास्वपाबाट नरेन्द्र कुमार गुप्ता, जसपा नेपालबाट देवेन्द्र यादव, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चन्द्रभुषण पाठक जनमत पार्टीबाट जिवन मल्लाह, नेपाली कम्युनिष्ट पार्टी (माओबादी) बाट प्रेम प्रसाद ढकाल लगायतले उम्मेदवारी दिएका छन् । नरेन्द्र कुमार गुप्ता रामग्राम नगरपालिकाको पुर्व मेयर र नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सभापति थिए । उनी पार्टीबाट टिकट नपाएपछि रास्वपामा गएको बताएका छन् ।

