परासी, १८ फागुन । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पर्यटनको विकासले जिल्लामा हजारंै रोजगारी सृजना गर्न सक्ने बताउनु भएको छ । जिल्लाको धार्मिक तथा एतिहासिक पर्यटकिय क्षेत्रको विकासले यहाँका युवाहरुलाई स्वरोजगार बनाउनका साथै रोजगारी समेत सृजना गर्न सक्ने सभ्भावना देखिएको बताउनु भएको हो ।
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन बर्दघाटनमा आयोजित चुनावी कोणसभामा नेता चौधरीले जिल्लालाई पर्यटनको गन्तब्यको रुपमा विकास गर्न सक्ने जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको जिकिर गर्नु भयो । आफुँले पर्यटन बुझेको मान्छे हुँ भन्दै पर्यटन पुर्वाधारको विकासले जिल्लाका युवाहरुलाई स्वरोजगार संग जोडन सक्ने ठुलो सम्भावना रहेको बताउनु भयो । साथै यसै पर्यटनको विकासले यहाँ विभिन्न किसिमको युवाहरुलाई रोजगारी समेत प्रदान गर्न सक्ने अवसर पनि सृजना हुनेमा विस्वास व्यक्त गर्नु भयो ।
सभामा प्रदेशसभा सदस्य विश्वप्रेम पाठक, पार्टीको जिल्ला सचिव उमेशचन्द्र यादव, कुलदिप आचार्य, बर्दघाट नगरपालिका मेयर सम्भुलाल श्रेष्ठ, महेन्द्रसेन ठकुरी लगायतले चुनाव कांग्रेसको पोल्टामा रहेको दावी गर्नु भयो। सभामा विभिन्न पार्टी परित्याग गरि दर्जन बढि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

