spot_imgspot_imgspot_img
Home स्थानिय समचार पर्यटन विकासले नवलपरासी समृद्ध जिल्ला बन्न सक्छ : उम्मेदवार बिजय कंडेल

पर्यटन विकासले नवलपरासी समृद्ध जिल्ला बन्न सक्छ : उम्मेदवार बिजय कंडेल

Social Media Sharing

परासी, २७ माघ । पर्यटन विकासले नवलपरासी जिल्ला समृद्ध जिल्ला बन्न सक्ने बिजय कंडेलले दावी गर्नु भएको छ । नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपालबाट प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रहेका बिजय कंडेलले जिल्लाका पर्यटकिय तथा धार्मिक स्थलहरुको विकासले जिल्ला एउटा पर्यटकिय गन्तब्य बन्न सक्ने पत्रकार भेटघाटमा जिकिर गर्नु भएको हो ।

चुनावी प्रचार प्रसारमा रहेका उम्मेदवार कंडेलले पर्यटन विकासले जिल्लालाई समृद्ध र समुन्नत जिल्ला बनाउने बलियो आधार आफुँले देखिरहेको बताउनु भयो । जिल्लाको मुख्य धार्मिक तथा पर्यटकिय क्षेत्र रामग्राम स्तुप, त्रिवेणी धाम, मदार बाबा, अनोमा घाट, पाल्ही भगवती, महलपोखरी, नन्दन ताल र एतिहासिक भुमी सुस्ताको विकासले जिल्ला आर्थिक रुपमा गति लिदै ठुलो पहिचान बनाउन सक्ने तर्क गर्नु भयो । यसको लागि यि क्षेत्रहरुमा पर्यटन पुर्वधारको विकास र व्यापक प्रचार प्रसार संगै व्यस्थित रुपमा पर्यटकहरु भित्राउन सक्नु आजको आवश्क्ता रहेको आल्याउनु भयो ।

यसै पर्यटन र कृषि संगै यहाँको औद्योगिक क्षेत्रहरु संग जोडेर यहाँको युवाहरुलाई रोजगार र युवा स्वरोजगार बनाई बेरोजगारी समस्याको सामाधान गर्न सक्ने आफुँ संग वृहद योजना रहेको उहाँले जानकारी दिनु भयो । अब कृषक किसान मात्र होईन किसान मालिक बनाउने आफुँ संग ठोस खाका रहेको जिकिर गर्दै यहाँ कृषिमा क्रान्ति गर्न सक्ने गरि आफनो पार्टीले निति तथा कार्यक्रम ल्याउने दावी गर्नु भयो ।

त्यस्तै शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधारका लागि व्यापक कार्य गर्नु पर्ने भन्दै शुद्ध खानेपानी, सरसफाई र हरित गाउँ निर्माणमा काम गर्ने आफनो प्रतिबद्धता जाहेर गर्नु भयो । युवाहरुलाई आइटी संग जोडेर दक्ष जनशक्ति बनाउने र जिल्लाका पुर्वधारहरुको विकासका लागि सम्बन्धित मन्त्रालयहरु मार्फत बजेट पार्ने र काम गराउने आफुँभित्र खुबी रहेको बताउनु भयो ।

यहाँले, यदि आफुँ चुनावमा जित हासिल गरि प्रतिनिधिसभा सदस्य भइयो भने ‘‘ ‘यहाँको आवश्यक्तामा आधारित निति कानुनहरु निर्माणका लागि संसदमा आफनो बुलन्द प्रस्तुती र भुमिका रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।” यि सबै काम गर्नका लागि निर्वाचन क्षेत्र नंं १ मा प्रतिनिधी सभा सदस्य पदमा आफनो उम्मेदवारी रहेको बताउनु भयो । उज्यालो नेपालका जिल्ला संयोजक अमुल पाण्डेको नेतृत्वमा चुनावी प्रचार प्रसार कार्यक्रम तिब्र रूपमा चलिरहेको छ । संयाेजक पांडेले अहिले कार्यकर्ता भेटघाटमा छाै, चुनावी घाेषणा पत्र तयार भैरहेकाे भन्दै फागुन ४ गतेदेखि घरदैलाे कार्यक्रम मार्फत प्रचार प्रसारमा व्यापकता दिने जानकारी दिनु भयाे ।