spot_imgspot_imgspot_img
Home प्रमुख समचार पाल्हीनन्दनमा आगो ताप्न चोक–चौराहामा दाउरा वितरण हुदै

पाल्हीनन्दनमा आगो ताप्न चोक–चौराहामा दाउरा वितरण हुदै

Social Media Sharing

परासी, २३ पुष । अत्याधिक चिसो बढेपछि पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिका बासीहरुलाई आगो ताप्न निशुल्क दाउरा वितरण गर्न लागेको छ । गाउँपालिकाले पालिका भित्रका ६ वटै वडाका चोक चौराहा, विपन्न बस्ती र बढि मान्छे भिडभाड हुने सार्वजनिक स्थलहरुमा निशुल्क दाउरा वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिनु भएको छ । दाउरा वितरणका लागि खरिद भई पालिकाको कम्पाउण्डमा झरि सकेको छ भोली विहिवारदेखि पालिकाको ट्र«ेक्टरमा लोड गरि सम्बन्धित वडा अध्यक्ष तथा वडा सदस्यहरुको समन्वयमा यहाँका फोकल पर्सन मार्फत लक्षित क्षेत्रमा दाउरा वितरण गरिने अध्यक्ष गुप्ताले जानकारी दिनु भयो ।

उहाँले, ‘‘चिसो निकै बढेको छ जसकारण यहाँको जनजिवन प्रभावित बनेको छ, चिसोले यहाँका जनताहरुलाई आवतजावत र चोक बजारमा कामकाजले निस्किदा चिसोबाट प्रभावित हुने गरेको पाईन्छ, बाहिर निस्किने जनताहरुलाई केहि हदसम्म चिसोबाट जोगाउन उक्त दाउरा वितरण गर्न लागिएको छ र यसबाट यहाँका जनताहरूलाइ निकै राहत पुग्ने अध्यक्ष गुप्ताको भनाई छ । ”

जाडो मौसमा चिसो बढेपछि मान्छेहरु कामकाजमा निस्किन अप्ठयारो महसुस गर्ने र केहि मान्छेहरु सरकारी तथा व्यक्तिगत काम काजमा निस्केपनि चिसोले कठंग्रिएर विरामी समेत हुने हुँदा उनीहरुको बचावका लागि चोक चौराहा, सार्वजनिक स्थल, सरकारी कार्यालय, वडा कार्यलय र स्वास्थ्य चौकीहरुमा आगो ताप्नका लागि दाउरा वितरण गर्न लागिएको प्रमुख प्रसासकिय अधिकृत दिनेश कुमार गौडले जानकारी दिनु भयो । उहाँले, बढि भिडभाड हुने चोक, चौराहा, सार्वजनिक स्थलहरुमा र विपन्न बस्तीमा आगो ताप्नका लािग उक्त दाउरा वितरण गर्ने कार्य अगाडी बढाइएको जानकारी दिनु भयो ।

चिसो बाट यहाँका जनताहरुलाई बचाउन सिघ्र गाउँपालिकाको विपद व्यवस्थापन समितिले निशुल्क दाउरा वितरण गर्ने र गरिब असहाय तथा विपन्न परिवारलाई न्यानो बनाउन रेडक्रसको समन्वयमा कम्बल वितरण गर्ने निर्णय गरि अगाडी बढेको छ । कम्बल बितरणका लागि ६ लाख रुपैया छुटयाइएको छ । उक्त कार्य रेडक्रसको समन्वयमा भैरहेकाे पालिकाले जनाएको छ । पालिकाबासीहरूलाइ चिसाेबाट जाेगाउन अावश्यक्ताकाे अाधारमा थप कार्यहरू समेत गरिने छ ।

यता चिसोबाट बालबालिकाहरुलाई जोगाउन विद्यालयहरु बन्दछन् । चिसोबाट बढि प्रभावित हुने वर्ग बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु र स्वासपै्रस्वासका रोगीहरुलाई बिना कामकाज बाहिर ननिस्किन समेत पालिका अनुरोध गरिरहेको छ । दाउरा खरिद गरि पालिकाको कम्पाउण्डभित्र आईसकेको छ केहि वडाहरुमा दाउरा वितरण पनि भैरहेको र भोली पर्सीमा सबै क्षेत्रमा दाउरा वितरण भैसक्ने प्रमुख प्रशासकिय अधिकृत गौडले जानकारी दिनु भयो । दाउरा वितरण कार्य जाडोमा निकै सहयोगी बन्ने भनि स्थानियहरुले खुशी जाहेर गरेका छन् ।