spot_imgspot_imgspot_img
Home प्रमुख समचार पाल्हीनन्दनमा ४१ जना कडा कुपोषित बालबालिका : पोषण अवस्था सुधारमा पालिकाकाले ध्यानदिनु...

पाल्हीनन्दनमा ४१ जना कडा कुपोषित बालबालिका : पोषण अवस्था सुधारमा पालिकाकाले ध्यानदिनु पर्ने

Social Media Sharing

परासी, १३ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बहुक्षेत्रिय पोषण योजना सम्बन्धी बैठक बसी पोषणको अवस्था बारे छलफल गरिएको छ । पाल्हीनन्दन गाउँपालिमा ५ बर्षमुनिका बालबालिका, गर्भवति महिला तथा स्तनपान गराईरहेका आमाहरुलाई केन्द्रितमा राखी पोषण सुधारको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुले पालिकामा पोषणको अवस्था बारे छलफल गर्दै पोषण सुधारमा व्यापक काम गर्नुपर्ने निर्षकर्ष निकाले छन् । पालिकभित्रका बालबालिका, गर्भवति महिला तथा सुत्केरी आमाहरुको पोषण अवस्थामा सुधार ल्याउन बेस नेपालले पालिकाको ६ वटै वडामा काम गरिरहेको छ भने यि लक्षित वर्ग संगै पालिकाका सिमाकृति समुदाय र कुपोषित बालबालिकाको परिवारहरुको समेत पोषण अवस्थामा सुधार ल्याउन एकिकृति हातेमालो समाज नेपाल (सियान)ले पालिकाको वडा ३ र ५ मा पनि काम गरिरहेको छ ।

पालिकाको कार्यवाहक उपाध्यक्ष अनामिका हरिजनको अध्यक्षतामा बसेको बैठकमा बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोख्रेलले पालिकाको पोषणको अवस्था बारे प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँको प्रस्तुतीकरणमा पालिकाका भित्र ५ बर्षमुनिका २४४० जना बालबालिकामा गरिएको पोषण जाँच शिविरमा ४१ जना कडा कुपोषण भएको बालबालिका फेला परेको तथ्याङ्क भेटिएको छ भने २९८ जना मध्यम कुपोषण भएको बालबालिका रहेको तथ्याङ्क छ । नेपालमा ५३% कुपोषणका कारण मृत्यु हुनेको तथ्याङ्क रहेकाले पालिकामा कुपोषणको अवस्था निकै दयनिय रहेका पाईन्छ । यसको सुधारका लागि पालिकाका र सरोकारवालाहरु विशेष चाँसो र पहल देखाउनु पर्ने आवश्यकता देखिन्छ ।
बेस नेपालले १२ वटा पोषणसंग सुचकमा काम गरिहेको कार्यक्रम संयोजक शालिकराम पोख्रेलले बताउदै कडा कुपोषण देखिएको वर्गको उपचार, उनीहरुको पोषणमा सुधारका लागि खाद्य सामाग्री हस्तान्त्रण लगायतको काम भैरहेको बताउनु भयो । उहाँले पालिकाको स्वास्थय शाखा तथा संस्थाहरु संग मिलेर पोषण मार्फत जिवन रुपान्त्रण परियोजना काम गरिरहेको बताउनु भयो ।

त्यस्तै बैठकमा एकिकृत हातेमालो समाज नेपाल (सियान) का कृषि तथा बजार सुदृढिकरण अधिकृत दिनेश शर्माले यो परियोजना ५ बर्षमुनिका बालबालिका, गर्भवति महिला, सुत्केरी आमा, सिमान्कृत समुदाय र कुपोषित बालबालिकाको परिवारहरुको स्वास्थ्य स्थिती र पोषण सुधारको क्षेत्रमा काम गरिरहेको जानकारी दिनु भयो । शर्माले बैठकमा गरेको प्रस्तुतिकरणमा जिल्लाको ४ वटै गाउँपालिकाको २÷२ वडा गरि कुल ८ वडामा पोषण सुधारका लागि पोषिलो कृषि जन्य उत्पादन, बजारीकरण र स्वच्छखानेपानी तथा सरसफाईका क्षेत्रमा काम गरिरहेको जानकारी दिनु भयो ।

बर्षभरि यि ८ वटै वडामा गरिएको कार्यक्रम तथा क्रियाक्लाप र सहयोगहरुको बारेमा जनकारी दिदै लक्षित वर्गको स्वास्थ्य स्थिती सुधार र पोषण सुधारको पक्ष पालिका तथा सरोकारवालाहरुको समन्वय सहकार्यमा काम गरिरहेको बताउनु भयो । पाल्हीनन्दन गाउँपालिकाको वडा ३/५ मा काम गरिरहेको यस परियोजनाले उपभोक्ताहरुलाई पोषिलो कृषि उपज उत्पादनमा प्रेरित गर्न, पोषिलो खानेकुरा खानका लागि सचेत बनाउन, स्वच्छ खानेपानी पिउन, सरसफाईमा ध्यान दिन, बालबालिकाहरुको स्वास्थ्य अवस्थामा ध्यान दिन, कृषि उत्पादनमा बृद्धि गर्न लगायतको सचेतनामुलक कार्यक्रम, नाटक, अभिमुखीकरण कार्यक्रमहरु गरिदै आइएको छ भने पालिका स्थरमा पोषण खाद्यहरुको प्रदर्शनी गरिएको र उपभोक्ताहरुलाई पोषिलो खानेकुरा खान प्रेरित गरिएको शर्माको प्रस्तुतीकरणमा पाइएको थियो ।

बैठकमा पाल्हीनन्दन गाउँपालिका कार्यवाहक उपाध्यक्ष अनामिका हरिजन, वडा नं. ३ का अध्यक्ष गोधन प्रसाद हरिजन, पाल्हीनन्दन स्वास्थ्य शाखाका प्रमुख हरिशंकर गुप्ता, हेलेन किलर ईन्टरनेशनलको क्षेत्रिय व्यवस्थापक भिमा पराजुली, बेस नेपालको अध्यक्ष उमादेवी भट्टराई लगायतले पालिकाको पोषण सुधारका लागि आवश्यक निति र कार्यक्रम बनाई अगाडी बढनु पर्नेमा जोड दिएका थिए । पालिकाको ति लक्षित वर्गमा देखिएको कुपोषण अवस्थामा सुधारका ल्याउन पालिका सहित सबै सरोकारवालाहरु आ–आफनो ठाउँ क्षेत्रबाट लाग्नुपर्ने निषकर्ष निकालेका थिए ।