परासी, २४ माघ । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा वृक्षरोपण गरिएको छ । मदरसा प्रवद्र्धन सामाजिक केन्द्र नवलपरासीले हरियो अस्पतालको झल्को दिने उद्देश्यले विभिन्न प्रजातीका फुल तथा सो प्लान्टका विरुवाहरु रोपेको हो । अस्पतालको प्रङ्गणभित्र पार्किङ्ग, क्षेत्र, अस्पतालको मुलद्धार र आवश्यक्ता अनुसारको ठाउँमा फुल तथा सो प्लान्टका भरपुर अक्सिजन दिने स–साना वृक्षका विरुवाहरु रोपिएको मदरसा प्रवद्र्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अलि मोमिनले जनकारी दिनु भयो ।
संस्थाका अध्यक्ष हैदर अलि मोमिन, अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, पुर्व शिक्षा अधिकारी हाजी अब्दुर्रउफ खान संस्थाका सचिव मोहम्मद अब्दुल रज्जाक मिँया, समाजसेवी ईजहार मिँया, ओम प्रकाश यादव, बालचन्द्र हरिजन, श्याम चौधरी, राजु लगायतले विरुवाहरु रोप्नेकार्य गरेका थिए ।
यस अघिपनि संस्थाले अस्पतालको वातावरण स्वच्छ, सफा बनाउने र हरित अस्पतालको झल्को दिने उद्देश्यले अस्पताल भित्र गमला र विभिन्न क्षेत्रमा विरुवाहरु रोपि विरुवा हुर्का पनि सकेको छ । रोपिएका विरुवाहरु हुर्केपछि अस्पतालको वातावरण स्वच्छ सफा देखिने, अक्सिन पनि प्राप्त हुने र अस्पताल क्षेत्र हराभरा देखिने संस्थका सचिव मोहम्मद अब्दुल रज्जाक मिँयाले जिकिर गुर्न भयो । संस्थाले ल्याएको विरुवाहरु मध्ये केहि विरुवा समाजसेवी नागरिकहरुको तर्फबाट सहयोग रहेको हुँदा विरुवा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको सचिव मिँयाले जानकारी दिनु भयो ।
संस्थाले मदरसाहरुको प्रवद्र्धन, मदरसाको शैक्षिक गुणस्तर संगै सामाजिक सचेतना र सामाजिक सदभाव कायम गर्ने कार्य समेतको क्षेत्रमा पनि काम गर्दै आएको छ । संस्थाले जिल्लामा सामाजिक सदभाव, धार्मिक सहिष्णुता कामय गराउन संगै समाजमा देखिने सामुदायिक तथा संप्रदायिक द्धन्द्धहरुलाई सम्बन्धित निकायहरुको समन्वयमा मेलमिलाप गराउने समेत पहल गर्दै आएको अध्यक्ष मोमिनले जानकारी दिनु भयो । जिल्लामा शान्ती र भाईचारा कायमका लागि संस्था अग्रसर भई काम गरिरहेको उहाँको भनाई छ ।

