spot_imgspot_imgspot_img
Home प्रमुख समचार फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड

फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड

Social Media Sharing

काठमाडौं, ५ जेठ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार फागुन २१ को निर्वाचनका लागि नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्रदान गरेको थियो ।

आयोगले निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा निर्वाचन सम्पन्न गरेको जनाएको छ । यस हिसाबले आयोगले एक मतदाताबराबर २६३ रुपैयाँ खर्च भएको बताएको छ । आयोगले फागुन २१ को निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता रहेको उल्लेख गरेको छ ।