spot_imgspot_imgspot_img
Home प्रमुख समचार बाढिपिडितको राहतका लागि पाल्हिनन्दन गाउँपालिकाबाट ३ लाख १ हजार सहयोग

बाढिपिडितको राहतका लागि पाल्हिनन्दन गाउँपालिकाबाट ३ लाख १ हजार सहयोग

Social Media Sharing

परासी, ११ भदौ। भोटेकोसी बाढी पिडितहरुको राहतका लागि पाल्हिनन्दन गाउपालिकाले ३ लाख १ हजार रुपैया सहयोग पठाउने निर्णय गरेको छ। एक्कासी आएको बिनासकारी बाढिलेले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाको नदि तटीय क्षेत्रको विभिन्न बजारहरुमा पुर्याएको ठूलो मात्रामा धनजनको क्षती प्रती गाउपालिका दुख व्यक्त गर्दै राहत र उद्दरका लागि उक्त सहयोग रकम पठाउन निर्णय गरेको हो।

गाउँपालिका कार्यवाहक अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतामा बसेको कार्यपालिका बैठकबाट पिडितहरुको उद्दार र राहतमा खर्चहुने गरि ३ लाख १ हजार रुपैया नगद सहयोग पठाउने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जय शर्माले जानकारी दिनु भयो। उहाँले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरि राहत कार्यमा सघाउने निर्णय गरिएको जानकारी दिनु भयो।
गाउँपालिकाले बाढिको चपेटामा परि ज्यान गुमाउनेहरुलाई भावपुर्ण श्रधान्जली ज्ञापन गर्दै घाइतेको स्वास्थ लाभकोकामना सहित बेपत्ता रहेका ब्यक्तिहरु छिटो भेटाउन भनी कामना समेत गरेको छ।