spot_imgspot_imgspot_img
Home प्रमुख समचार बाढीबाट तिब्बत क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो

बाढीबाट तिब्बत क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो

Social Media Sharing

बेइजिङ, २१ भदौ । चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्।

पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ घरहरूलाई बाढीले बगाउँदा वा डुबानमा पार्दा दशौँ हजार मानिस विस्थापित बनेका छन्। बाढीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत्‌गृह, सडक सञ्जाल, पुल पुलेसा, घर तथा खेती योग्य जमिनमा पुगेको क्षति सयौँ अर्बभन्दा बढी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।