spot_imgspot_imgspot_img
Home प्रमुख समचार बेलासपुर मदरसाबाट ५२ विद्यार्थी दिक्षित : धार्मिक शिक्षा संगै प्राविधिक शिक्षामा पनि...

बेलासपुर मदरसाबाट ५२ विद्यार्थी दिक्षित : धार्मिक शिक्षा संगै प्राविधिक शिक्षामा पनि पहुँच हुन आवश्यक

Social Media Sharing

परासी, १७ माघ । समाजमा बढदो महिला हिंसा र दाईजो प्रथालाई न्युनिकरण गर्न सबैको सक्रिय भुमिका आवश्यक रहेको वक्ताहरुले बताएका छन् । सामाजिक कुरिती, विसंगतीलाई निर्मुल पार्दै बढदो दाईजो प्रथा र लैङ्गिक हिंसा न्युनिकरणमा सबै नागरिकले आ–आफनो ठाउँक्षेत्रबाट पहल गर्न आवश्यक रहेको वक्ताहरुले निष्कर्ष निकालेका हुन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा ३ बेलासपुर स्थित मदरसा इस्लामिया आधारभुत विद्यालयले आयोजना गरेको महिला कांफ्रेन्समा (सिरते उम्मेहबिबा गुल्शनेरजा कांफ्रेन्स) मदरसमा अध्ययनरत छात्राहरुलाई दिक्षित समेत गरिएको मदरसा व्यवस्थापन समितिका अध्यक्ष तबरेज आलम खानले जानकारी दिनु भएको हो ।

मदरसाले संचालन गरेको महिला विद्यालय जामिया उम्मेहबिबा गुल्शनेरजा मदरसामा अध्ययनरत छात्राहरुको दिक्षान्त समारोह तथा उक्त महिला कांफ्रेन्समा प्रमुख वक्ता भारतको उत्तर प्रदेश बस्ती जिल्ला बस्ने आलिमा तौबा रहमान अलिमीले समाजमा धार्मिक सहिष्णुता कायम गर्नुपर्ने र सामाजिक सदभावलाई कामय गर्दै सामाजिक चेतनाको विकासका लागि शिक्षा अपरिहार्य रहेको जिकिर गर्नु भयो । उहाँले कांफ्रेन्समा ईस्लाम धर्म सबैमा शान्तीको कामना गर्ने र शान्ती निर्माणमा महत्वपुर्ण भुमिका खेल्न धर्म रहेको पनि जिकिर गर्नु भयो ।

कांफ्रेन्समा सहायक प्रमुख वक्ता आलिमा राबिया बसरी अमजदीले सहभागी महिलाहरुलाई स्लामको आदर्श र सन्देशलाई अनुश्रण गरि समाजमा शान्ती कायम गर्न भुमिका खेल्न आवश्यक रहेको जिकिर गर्नु भयो । कांफ्रेन्समा आलिमा सदिका बानु अमजदी, आलेमा कमरजहाँ अमजदी, आलेमा सरवर फातुमा निजामी, आलेमा शाहिन बानु फातमी लगायतले दाईजो मुक्त समाज निर्माणमा महिलाहरुको पनि अहम भुमिका रहने निष्कर्ष निकालेका थिए ।

कांफ्रेन्समा ३० जना फजिलत (स्नाकोत्तर) २२ जना केरात कोर्ष पुरा गरेकोमा ति ५२ जना अध्ययनरत छात्राहरुलाई नै दिक्षित (फरागत) पनि गरिएको मदरसा ईस्लामिया आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तबरेज आलम खानले जानकारी दिनु भायो ।

मदरसामा अध्ययनरत ति छात्राहरुले आरबी लिटरेचरमा स्नाकोत्तर र कुरान मजिदको केरात विषयमा कोर्ष पुरागरेकाले उनीहरुलाई स्लामि रितिरिवाज अनुसार टाउकोमा पगडी बाँधी, दोसल्ला ओढाई सम्मान गरि दिक्षित गरिएको मदरसाका प्रधानाध्यापक सम्साद अंसारीले बताउनु भयो । दिक्षित भएका छात्राहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको उज्जवल भविष्यको कामना सहित सामाजिक विकास कार्यमा भरपुर सहयोग गर्न समेत प्रधानाध्यापक सम्साद अंसारीले अाग्रह गर्नु भयो ।

कांफ्रेन्समा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले शुभकामना व्यक्त गर्दै मदरसमा अध्ययनरत छात्राहरुलाई स्लामि शिक्षा संगै साधारण तथा प्राविधिक शिक्षा पनि हासिल गर्न सुझाव दिनु भयो । कांफ्रेन्समा पुर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले पनि कंफ्रेन्सका शुभकामना दिदै शिक्षाले नै चेतनाको विकास हुने भन्दै मुस्लिम समुदायको शिक्षामा अझै पहुँच पुग्न आवश्यक रहेको जिकिर गर्नु भयो ।

त्यस्तै कांफ्रेन्समा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्ष फातुमा खातुन अंसारी, लेखा अधिकृत संजय शर्मा लगायतले कांफ्रेन्सको शुभकामना दिदै समुन्नत समाज निर्माणमा महिलाहरुको सक्रिय भुमिका रहने जिकिर गरेका थिए । कंफ्रेन्समा सुनवल नगर प्रमुख बिमला अर्याल, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लेखनाथ खरेल, समाजसेवी लक्ष्मी क्षेत्र, समाजसेवी रिंगला यादव, समाजसेवी हैदर अलि मोमिन, समाजसेवी आफताम आलम अंसारी, मौलाना नैमुल्लाह खान, मौलाना फजुरर्हमा, मास्टर शमसेर अंसारी, मौलाना मोहरम अलि निमाजी लगायतको सहभागिता रहेको थियो । कांफ्रेन्समा नवलपरासी, रुपन्देही, भारतबाट गरि ३ हजार बढि महिलाहरुको सहभागिता रहेको मदरसाका प्रधानाध्यापक सम्साद अंसारीले बताउनु भयो ।