परासी, ७ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले, वर्तमान निर्वाचनले देशको समस्या समाधान नहुने बताएका छन् । यस निर्वाचनले देशको समस्या केहि समय सर्ने तर सामाधान नहुने दावी गरेका हुन् । नेता त्रिपाठीले यो निर्वाचन सामान्य निर्वाचन नहरेको र निर्वाचनमा देशको असल मुद्दा र समस्या बारे कुनै दलहरुबाट छलफल समेत नचलिरहेकोले समस्या ज्युँको त्युँ नै रहने निष्कर्ष निकाले हुन् ।
चुनाव प्रचारको क्रममा आज पश्चिम नवपरासीको प्रतापपुर गाउँपालिका वडा ३ ठुलोखैरेटवामा आयोजित कोणसभा सम्बोधन गर्दै नेता त्रिपाठीले चुनाव पछि गठन हुने प्रतिनिधिसभाले नेपाल कता जाने भन्ने विषय समेत अन्यौल रहेको छ । देशमा केहि राजनितिक शक्तिहरु हावी हुन खोजेकाले देशको असल मुद्दा र समस्या छलफलमा आउन सकेको छैन जसले देशमा निकास नपाउनेमा उनी विस्वस्त छन् ।
कोणसभा सम्बोधन गर्दै नेता ह्देश त्रिपाठीले देशको समस्या सामाधान भन्दा संविधान माथि नै संकट आउने खतरा देखिरहेको संकेत गर्नु भयो । संविधानले सुनिश्चित गरेको जनताको अधिकार, पहिचान, संघियता, आरक्षण, मधेशी, मुस्लिम दलितको हक अधिकार समेत खतरामा जाने संकेत देखिएको दावी गर्नु भयो । निर्वाचन पछि संविधानको सार्वभौम सत्ता र राजकिय सत्ता माथि नै प्रहार हुने बर्तमान राजनितिक धुव्रकरणले देखिएको दावी गर्नु भयो ।
सम्बोधनमा नेता त्रिपाठीले संविधानको संकट टाल्न आफुँहरु संसद र सडकमा समेत लडाई लडन तयार रहेको जानकारी दिनु भयो । नेता त्रिपाठी यतिबेला नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । चुनाव दाउ पार्न घरदैलो तथा मतदाता भेटघाटमा निकै व्यस्त देखिएको छन् । आज ठुलो खेरटवाँमा चुनाव प्रचार कार्यालय समुदघाटन गर्दै विभिन्न राजनितिक दलका कार्यकर्ताहरुलाई जसपामा प्रवेश समेत गराएका छन् । नेता त्रिपाठी नेपाली कांग्रेसका उम्मेदवार अर्बपति बिनोद चौधरी रास्वपाका उम्मेदवारक विक्रम खनाल, एमालेका राम प्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीकि उम्मेदवार डा. सिन्धु जलेसा संग चुनावी प्रतिस्पर्धामा छन्

