spot_imgspot_imgspot_img
Home स्थानिय समचार रामप्रसाद पाण्डेको नर्सहीमा घरदैलो : पाण्डे प्रति मतदाताको आकर्षण बढदै

रामप्रसाद पाण्डेको नर्सहीमा घरदैलो : पाण्डे प्रति मतदाताको आकर्षण बढदै

Social Media Sharing

परासी, १५ फागनु । निर्वाचन नजिकिदै जाँदा उम्मेदवार राम प्रसाद पाण्डेले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । चुनावी लोकप्रिय एजेण्डा र घोष्णापत्र लिएर उनी अहिले मतदाताको घरदैलोमा पुगेर मत माग्न थालेका छन् । नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामप्रसाद पाण्डे सुस्ता गाउँपालिकाको संस्थापक गाउँपालिका अध्यक्ष पनि हुन् । उनी पालिकाको पुर्वाधार, शिक्षा, स्वास्थय, खानेपानी, सिँर्चाइ, सामाजिक र पर्यटन विकासको राम्रो अनुभव बटुलेका नेता हुन् । पालिकामा राम्रो काम र राम्रो अनुभव भएका नेता प्रति सो क्षेत्रका मतदाताहरुको आकर्षण बढन थालेको छ ।

आज सुस्ता गाउँपालिकाको वडा नंं ४ नर्सही क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै पाण्डेले यस क्षेत्रको विकासका लागि आफुँ संग ठोस योजना रहेको सुनाउनु भयो । यस क्षेत्रका सडकहरुलाई धुलो र हिलो मुक्त गर्ने र यहाँको पर्यटन विकास गरि युवाहरुलाई स्वरोजगार बनाउन आफनो पहिलो काम हुने विस्वास दिलाउनु भयो । कर्मठ, युवा र अनुभवी उम्मेदवार पाण्डे प्रति मतदाताहरुको उत्साह र आकर्षण बढदै गएको छ ।