परासी, १७ माघ । राष्ट्रि«य स्वतन्त्र पार्टीका उप–सभापति डोल प्रसाद अर्यालले यस चुनावलाई गम्भीर रुपमा लिन मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आगामी फागुन २१ गतेको चुनावमा आफनो मतलाई विवेक पु¥याएर ठोस निर्णण लिन मतदाताहरुमा आग्रह गर्नु भएको हो । पश्चिम नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार नरेन्द्र कुमार गुप्ताको चुनावी प्रचार प्रसार सम्पर्क कार्यालयको समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले भ्रष्टाचारमुक्त देश बनाउन रास्वपालाई बहुतको आवश्यक रहेको जिकिर गर्नु भयो ।
चुनाव प्रचार सम्पर्क कार्यालयको रिबन काटेर समुद्धघाटन गर्दै उसपभापति अर्यालले देशमा पुरै सुशासन कायम भएको र भ्रष्टाचारमुक्त देश हामीसबै जनताले देख्न खोजेको जिकिर गर्नु भयो । उहाँले कार्यक्रममा सहभागीहरुलाई देशमा परिवर्तनका लागि तपाईहरु आफनो भित्रको बालेन र रबिलाई जगाउनु भनि सहभागीहरुलाई झक्झक्याउनु भयो ।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार संविधानसभा सदस्य विक्रम खनालले देशको परिवर्तन र सुशासन कायम गर्न रास्वमा नै उत्तम विकल्प रहेको दावी गर्नु भयो । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नंं २ का उम्मेदवार नरेन्द्र कुमार गुप्ताले जेन्जीको माग र जनताको मागलाई सम्बोधन गर्ने पार्टीनै रास्वपा रहेकाले यसतर्फ सबैलाई आकर्षित हुन आग्रह गर्नु भयो । उहाँले देशमा देखिएको युवा बेरोजगारी, भ्रष्टचार, अनियमितता र सामाजिक विकृतहरु जस्तो समस्या सामाधान रास्वपाको मुल एजेण्डा नै रहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा रामग्राम नगरपालिका वडा २ को पुर्व वडा अध्यक्ष चन्द्रिका अग्रहरीले कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका छन् । त्यस्तै पाल्हीनन्दन गाउँपालिका वडा ४ का पुर्व वडा अध्यक्ष संजय पाठक एमाले पार्टी परित्याग गरि रास्वपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ५० जना उपसभापतिबाट टिका ग्रहण गरि पार्टी प्रवेश गरेका हुन् । चुनावी माहौल बढदै जाँदा उम्मेदवारहरु कार्यकर्ता भेटघाटमा व्यस्त देखिएका छन् ।

