spot_imgspot_imgspot_img
Home स्थानिय समचार आदर्श नमुना माविकाे कक्षा १२ का विद्यार्थीलाइ विदायी

आदर्श नमुना माविकाे कक्षा १२ का विद्यार्थीलाइ विदायी

Social Media Sharing

परासी, २९ बैशाख । नवलपरासीकाे रामग्राम नगरपालिका-५ मा संचालित आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्दार्थीलाइ विदाई गरिएकाे छ । कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत तथा गरिदै कक्षा ११ विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरुलाई एक भव्य कार्यक्रम बिच विदाई गरेका हुन् । कक्षा ११ मा अध्ययनरत विद्यार्थी सन्धया काेइरीकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवकाे प्रमुख अातिथ्यतामा साे विदायी कार्यक्रम साेमबार सम्पन्न गरिएकाे हाे ।

कार्यक्रमकाे समुदघाटन गर्दै प्रमुख अतिथी एवं रामग्राम नगर प्रमुख धनपत यादवले, विद्यार्थीहरूकाे जीवनमा आउने हरेक चुनौती तथा समस्याहरूको सामना गर्न सक्ने क्षमता विकास गर्नुपर्छ र राष्ट्र निर्माणमा योगदान पुर्‍याउन असल नागरिक बन्नका लागि विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुपर्नेमा जाेड दिनु भयाे ।

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले विद्यालयका भाइबहिनीहरू शुभकामना दिदै राम्राे पढाइ गरेर डाक्टर,इन्जिनियर,शिक्षक,कर्मचारी,पाइलट बनेर जिल्ला, पढेकाे विद्यालय र आफ्नाे गाउँ–ठाउँ र देशका लागि केही गर्नु पर्ने सुझाव दिनु भयाे । कार्यक्रममा कक्षा १२ काे पढाइ सकेर उच्च शिक्षा हासिल गर्न अन्यत्रकाे कलेज क्याम्पसमा जान लागेका कुल १ सय ११ जना छात्र छात्राहरूलाइ दाेसल्ला अाेढाइ विदायी गरिएकाे हाे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण यादव समाजसेवी राम बहादुर सहानी, प्रधानाध्यापक ऋषिराम ढकाल, शिक्षक हेमन्त यादव, लगायतले विद्यार्थीहरूलाई शुभकामना तथा बधाइ दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूकाे उज्जवल भविषयका कामना गर्दै भविषय लक्षय निर्धारण गरि शैक्षिक यात्रालाइ अगाडी बढाउन वक्ताहरूले सुझाव दिएका थिए ।