spot_imgspot_imgspot_img
Home स्थानिय समचार कच्ची सडकहरुलाई धुलो र हिलो मुक्त बनाउन पहल गर्नेछूं : राम प्रसाद...

कच्ची सडकहरुलाई धुलो र हिलो मुक्त बनाउन पहल गर्नेछूं : राम प्रसाद पाण्डे

Social Media Sharing

परासी, १२ फागुन । नेकपा एमालेका उम्मेदवार राम प्रसाद पाण्डेले नवलपरासी क्षेत्र नंं १ लाई धुलो र हिलो मुक्त बनाउन काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । नेकपा एमालेले निर्वाचन क्षेत्र नं. १ मा निकाले वृहद चुनावी ¥यालीलाई सम्बोधन गर्दै उम्मेदवार राम प्रसाद पाण्डेले जिल्लाको यस क्षेत्रका कच्ची सडकहरुलाई कालोपत्रे गराई धुलो र हिलो मुक्त बनाउने आफनो प्राथमिकताको योजना रहने विस्वास दिलाउनु भएको हो ।

सुस्ता गाउँपालिकाको अध्यक्ष हुँदा सुस्ता गाउँपालिकाका पालिका स्तरीय करिब ८० प्रतिशत मुख्य र पहुँच मार्गका सडकहरु कालेपत्रे तथा आरसी सी ढलान गरि बाटो निर्माण गरेको सुनाउदै आफुँ यस क्षेत्रबाट निर्वाचत भएमा यस क्षेत्रका मुख्य सडकहरु कालोपत्रे गराई जनतालाई धुलो र हिलोको सास्तीबाट बचाउन पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । सम्बोधनको क्रममा यस जिल्लाको पर्यटन क्षेत्रको विकास, कृषिमा आधुनिकरण र युवा स्वरोजगारीको लागि काम गर्ने जिकिर गर्नु भयो । पाण्डे नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । हजार बढि सहभागी रहेको ¥याली, बर्दघाट, प्रतापपुर, सरावल र सुस्ता क्षेत्रमा प्रदर्शन गरिएको थियो ।