spot_imgspot_imgspot_img
Home स्थानिय समचार कपिलवस्तु बाणगंगामा सवारी दुर्घटना, स्कुटर चालकको घटनास्थलमै मृत्यु

कपिलवस्तु बाणगंगामा सवारी दुर्घटना, स्कुटर चालकको घटनास्थलमै मृत्यु

Social Media Sharing

जितपुर, (बुटवल टुडे) ०३ कार्तिक ।

महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ बनगाईमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार, स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरलाई सवारी बोक्ने जीपले ठक्कर दिएको आशंका गरिएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एकवटा विङ्गर र एक इलेक्ट्रिक (इभी) गाडीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।

दुर्घटनाको थप विवरण संकलन भइरहेकाले पूर्ण जानकारी पछि खुलाइने प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान खुलाइएको छैन।

दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएको भए पनि अहिले स्थिति सामान्य बनाइएको छ।