spot_imgspot_imgspot_img
Home प्रमुख समचार कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, के-के छन् एजेन्डा ?

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, के-के छन् एजेन्डा ?

Social Media Sharing

काठमाडाै, ३० फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।भोलि दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिन्छ,’ दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने जनाइएको छ ।