spot_imgspot_imgspot_img
Home प्रमुख समचार कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

Social Media Sharing

३ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार ढल्नेगरी भएको जेनजी आन्दोलनलगत्तै नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको विषयले प्राथमिकता पाएको छ । २३ भदौको आन्दोलनको अघिल्लो दिनसम्म आगामी वर्ष (०८३) मा पार्टीको १५ औँ महाधिवेशन सकेर ०८४ को निर्वाचनमा जाने एजेन्डामा कांग्रेसमा एकमत थियो ।

तर, आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएसँगै प्रतिनिधि सभा निर्वाचनको मिति घोषणापछि कांग्रेसमा नयाँ नेतृत्व चयनको विषयले प्राथमिकता पायो । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा उपचारमै रहेका बेला कांग्रेसमा एकथरिले राजीनामाको मुद्दा अघि सारे ।