परासी, ५ फागुन। जुन सुकै नेता आएपनि काम गर्दैन भनि मतदातामा आक्रोसका बिच नेपाली कांग्रेसले आफनो लोकप्रिय एजेण्डा र दक्ष उम्मेदवारले मतदाताको मन जित्न सफल बन्दै गएको छ । मतदाताले जुन सुकै पाटीका नेता चुनावमा अाउछन अाश्वासन बाडछन्र तर काम गर्दैनन भन्छन्र तर अहिलेकाे चुनावमा काम गर्ने दक्ष र सक्षम उम्मेदवारका कारण कांग्रेस मतदाताको मन जितन सफल भईरहेको छ । आक्रोसि मतदाताालाई उम्मेदवार भिम बहादुर थापाले (भरत थापा) हाम्रो पार्टी कांग्रेस र हामी सच्चिएर काम गर्न आएको मतदातामा विस्वास दिलाउनु भएको छ । चुनाव प्रचार प्रसारको क्रममा उम्मेदवार भरत थापा मतदाताका गुनासो सुन्दै आफुँ ईमान्दारी पुर्वक काम गर्ने विश्वास उनीहरुमा जमाउन थाल्नु भएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भरत थापाले आफनो पार्टी सच्चिएर देश बनाउन दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको दावी गर्नु भयो । आज जिल्लाको रामग्राम नगरपालिका वडा नं. १६ हकुईमा घरदैलो कार्यक्रम मार्फत मतदाता भेटघाटमा समुन्नत नेपाल बनाउन नेपाली कांग्रेस संग वृहद योजना रहेको मतदातालाई सुनाउनु भयो । चुनावमा नेताहरु आश्वासन मात्र बाँडने तर चुनाव जितेर गएपछि कुनै काम नगर्ने भनि एक वृद्ध मतदाताको प्रश्नमा उम्मेदवार थापाले अब आवश्वासन बाडने दिन सकिएको काम गरेर देखाउने दिन आएकाले आफुँ ठुलो जिम्मेदवारी सहित निकै जोस र जाँगरका साथ चुनावमा उत्रिएको जिकिर गर्नु भयो ।
भरत थापाले, आफनो पार्टीमा पनि नेतृत्व परिवर्तन भएको र अहिल सय बढि निकै जोस र जाँगर भएका दक्ष युवाहरुलाई पार्टीले टिकट दिई चुनावी मैदानमा उतारेको जिकिर गर्दै अब हामीहरुलाई काम नगर्ने कुनै छुट नरहेको जिकिर गर्नु भयो । आफुँ यस पटक मात्र चुनाव लडने र जनताको मन जितने गरि काम गर्ने राजनितिक यात्रा बारे संकेत गर्दै यहाँको समग्र विकासका लागि भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । चुनाव जितेमा जिल्लाको समस्या सामाधान लागि सदनमा कानुन र निति निर्माणको माध्यमबाट सामाधान गराउनुका साथै यहाँको भौतिक, आर्थिक, सामाजिक र क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालय तथा निकायहरुमा पहल गरि विकासका कार्य अगाडी बढाउनमा अहम भुमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
भरत थापा सुनवल नगरपालिकाको पुर्व मेयर र उद्योग बाणिज्य संघका पुर्व अधयक्ष तथा पुर्व केन्द्रिय सदस्य भएर काम गरि राम्रो अनुभव बटुलेका उम्मेदवार हुन । भरत थापा विकासको अवधारणा ल्याउनु संगै विकासका लागि खटिएर काम गर्ने नेता हुन भनि उनी सुनवलको मेयर भएर काम गर्ने शैली र नतिजाबाट साबित हुन्छ । विकास प्रेमी नेता थापा जिल्लाको समग्र विकासमा अच्छा भुमिका खेल्न सक्ने र सम्बन्धित निकायहरुमा पहुँच पु¥याउन सक्ने नेता भएकाले उनी प्रति मतदाताको आशा र भरोसा जम्दै गएको छ । चुनावी प्रचार प्रसारमा रहेका नेता थापा प्रति मतदाताहरुको उत्साह राम्रो देखिएको छ ।
घरदेलो कार्यक्रममा पार्टी सभापति अर्जुन पोख्रेल, पार्टी केन्द्रिय सदस्य राधश्याम पाठक, उसभापति विक्रम यादव, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, पार्टी नेता गुणनिधि तिवारी, समानुपाति उम्मेदवार सुनिता देवी श्रेष्ठ, रामग्राम गनरपालिका पुर्व उपमेयर रम्भा कुँवर, वडा १५ का वडा अध्यक्ष धनपत यादव लगायत पार्टीका नेता कार्यकर्ताहरु रहेका थिए ।

