परासी, ७ जेठ । कुपोषित बालबालिकाहरुलाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले नवलपरासीका गाउँपालिकाहरुमा पानी फिल्टर वितरण गरिएको छ । गरिब तथा विपन्न परिवारका कुपोषित बालबालिकाहरुलाई शुद्ध खानेपानी खान र उनीहरुको व्यक्तिगत तथा घर आँगनको सरसफाईमा सहयोग पुग्ने गरि सरसफाईका सामाग्रीहरु पनि वितरण गरिएको हो । एकिकृत हातेमालो समाज नेपाल (सियान) द्धारा जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाको २/२ वटा वडामा संचालित पोषण मार्फत जिवन रुपान्तरण परियोजना मार्फत यि सामाग्रीहरु वितरण गरिएको हो । यि ४ वटै पालिकामा गरि कुल ४१० जना कुपोषित बालबालिकाहरुको घरपरिवारलाई २१ लिटर क्षमताको २ क्याण्डल सहितको स्टेनलेस स्टिल पानी फिल्टर वितरण गरिएको छ । त्यस्तै वास किटमा कपडा धुने तथा नुहाउने साबुन, भाँडा माझने साबुन, सुपानेट झुल, हार्पिक र हर्मेटिक ब्याग वितरण गरिएको सियानको वास सुपरभाईजर साईदा निसा पठानले जानकारी दिनु भयो ।
सियानले दिएको तथ्याङ्क अनुसार पाल्हिनन्दन गाउँपालिकाको वडा नं ३ मा जम्मा ५६ जना कुपोषित बालबालिका रहेकोमा ५४ जनालाई फिल्टर, ४३ जनालाई वास किट र ५६ जनालाई हर्मेटिक ब्याग वितरण गरिएको छ । त्यस्तै वडा नं ५ मा ६३ जनालाई फिल्टर, ५१ जनालाई वास किट र १५ जनालाई हर्मेटिक ब्याग वितरण गरिएको छ । यता सरावल गाउँपालिका वडा नं ३ मा ३३ जनालाई फिल्टर, २८ जनालाई वास किट र ३६ जनालाई हर्मेटिक ब्याग र वडा नं ४ मा ५२ जनालाई फिल्टर, ४३ जनालाई वास किट र १५ जनालाई हर्मेटिक ब्याग वितरण गरिएको छ ।

त्यसैगरि प्रतापपुर गाउँपालिका वडा नं ५ मा ४० जनालाई फिल्टर, ३२ जनालाई वास किट र ४३ जनालाई हर्मेटिक ब्याग र प्रतापपुर वडा नंं. ६ मा २५ जनालाई फिल्टर, २० जनालाई वास किट र २६ जनालाई हर्मेटिक ब्याग वितरण गरिएको छ । यता सुस्ता गाउँपालिका वडा नं १ मा ६६ जनालाई फिल्टर, ६१ जनालाई वास किट र ७० जनालाई हर्मेटिक ब्याग र वडा नं ४ मा ४२ जनालाई फिल्टर, ३३ जनालाई वास किट र ४१ जनालाई हर्मेटिक ब्याग वितरण गरिएको सियानको तथ्याङ्क छ ।
परियोजनाले विरामी बच्चाका परिवारले सरसफाई सामाग्री तथा पानी फिल्टरको उचित प्रयोग गरी सरसफाई सहित आनिवानी परिवर्तन र सुरक्षित पानीको प्रयोगद्धारा पानी जन्य रोगबाट बच्नका लागी वास किट तथा फिल्टर वितरण गरिएको संस्थाका वास फिल्ड कार्यक्रम सुपरभाईजर दिपेश सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी हर्मेटिक ब्याग प्रयोग गरि उक्त परिवारले आफ्ना उत्पादन सुरक्षित राख्नका लागी उक्त ब्याग वितरण गरिएको संस्थाकी कृषि प्राबिधिक सुपरभाइजर रमाशंकर पाण्डेले जानकारी दिनुभयो । संस्थाले सम्बन्धीत वडाका वडा अध्यक्षहरु मार्फत वार्डबाट ति सामाग्री वितरण गरेको थियो । सामाग्री वितरण कार्यक्रममा सम्बन्धीत वडाका वडा अध्यक्ष स्वास्थ्य चौकी प्रमुख तथा संस्थाका कर्मचारी र सामुदायीक ब्यवसायिक सहजकर्ता लगाएतको उपस्थिती थियो ।

