spot_imgspot_imgspot_img
Home अन्तराष्ट्रिय क्यारिबियन क्षेत्रमा अमेरिका र भेनेजुएलाबिच फेरि बढ्याे तनाव

क्यारिबियन क्षेत्रमा अमेरिका र भेनेजुएलाबिच फेरि बढ्याे तनाव

Social Media Sharing

एजेन्सी, १० कातिक । क्यारिबियन क्षेत्रमा अमेरिका र भेनेजुएलाबिच फेरि तनाव बढेको छ । अमेरिकाले त्रिनिदाद एन्ड टोबागोमा मिसाइल ध्वस्त पार्ने युएसएस ग्रेभली तैनाथ गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलामा गोप्य अपरेसनहरू सञ्चालन गर्न सीआईएलाई अधिकार दिएपछि यो कदम चालिएको हो । अमेरिकाले यसअघि नै विमान वाहक युएसएस जेराल्ड आर.फोर्डलाई क्यारिबियनमा तैनाथ गरिसकेको छ, जुन अहिले भेनेजुएलातर्फ बढिरहेको छ ।

यो तैनाथी त्रिनिदाद एन्ड टोबागोसँगको संयुक्त सैन्य अभ्यासको एक हिस्सा भएको दाबी अमेरिकी अधिकारीहरूले गरिरहेका छन् । यो अभ्यास बिहीबारसम्म जारी रहने र लागूऔषध तस्करी गर्ने जहाजहरूलाई लक्षित गर्ने उद्देश्यले गरिएको स्थानीय सरकारले बताएको छ ।त्रिनिदादका प्रधानमन्त्री कमला परसाद–बिसेसरलाई अमेरिकी नीतिको समर्थक मानिन्छ । यो कदम क्षेत्रीय सुरक्षालाई बलियो बनाउनको लागि भएको उनको भनाइ छ । अर्काेतर्फ भेनेजुएला सरकारले अमेरिका र त्रिनिदाद दुवैलाई सैन्य उत्तेजना फैलाएको आरोप लगाएको छ ।

‘हाम्रो देशविरुद्ध फल्स फ्ल्याग अट्याकको षड्यन्त्र भइरहेको छ । यसको उद्देश्य क्षेत्रमा सैन्य द्वन्द्व उक्साउनु हो’ भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले एक विज्ञप्ति जारी गर्दै भनेका छन् । वास्तविक अपराधीहरू कोही भए पनि दोष तेस्रो पक्षलाई लगाएर गरिने आक्रमणलाई फल्स फ्ल्याग अट्याक भनिन्छ ।