परासी, १० पुष । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले ‘‘क्रिसमस डे” को सबै देशबासीमा शुभकामना व्यक्त गरेका छन् । मन्त्री कलवारले देशमा धार्मिक सहिष्णुता कायम रहनुपर्नेमा जोड दिदै क्रिसमसको शुभकामना व्यक्त गरेका हुन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ३ गिदहा स्थित गिभ गोस्पेल चर्चमा आयोजित क्रिसमस डे को शुभकामना कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री कलवारले यस पर्वले सबैमा हर्षउल्लास ल्याओस भनि शुभकामना व्यक्त गरेका हुन् ।

अाज क्रिसमस डे देशभरि उल्लासका साथ मनाइ रहदा उक्त चर्चका पास्टर रबिन्द्र हरिजनको अध्यक्षतमा भएको कार्यक्रममा मन्त्री कलवारले देशमा धार्मिक सहिष्णुता र सामाजिक सदभाव कायम हुनु पर्नेमा सबैको एकजुट भएर साकारात्मक भुमिका खेल्नु पर्नेमा जोड दिएका हुन । आज क्रिसमस डे का दिन प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले समाजमा मानवताका मुल्यमान्तालाई थप स्थापित गर्ने उनले विश्वास व्यक्त गरेका हुन् । कार्यक्रममा पुर्व राष्ट्रि«य सभा सदस्य माननीय रामलखन हरिजनले, “क्रिसमस डे’को अवसरमा इसाई धर्मावलम्बीको जीवन सुख, शान्ति, समृद्धिमा वितोस भनि शुभकामना दिएका छन् ।
कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले शुभकामना दिदै गिभ गोसपेल चर्च व्यवस्थापनका लािग रू पाँच लाख बजेट विनियोगन गरि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन । गाउँपालिका अध्यक्ष यादवले मेरी क्रिसमस डेको अवसरमा देशमा अमन चयन कायम हुनु पर्ने र देशमा सामाजिक सदभाव कायम रहनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा वडा सदस्य भुखली देवी, नागरिक समाजका अध्यक्ष बेचु गौड, सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवाल, समाजसेवी पञ्चम हरिजन लगायतले ”क्रिसमस डे’को शुभकामना व्यक्त गरेका हुन् ।
ईसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउने गर्दै आएकोे गिभ गोसपेल चर्चका पाष्टर रविन्द्रर हरिजनले बताएका हुन । उनले भने, आज भन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलमा भएको थियो । मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका उनले बताए।” कार्यक्रममा गरिब असहाय र वृद्ध आमाहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । विगतका दिनहरुमा पनि गरिब असहायर वृद्धवृद्धाहरुलाई ब्लांकेट, साडी, कपडाहरु सहयोग गरिदै आइएको पाष्टर रबिन्द्र हरिजनले बताए । अाज क्रिसमस डे जिल्ला भरिका चर्चहरूमा इसाइ धर्मावलम्बीहरूले हर्षउल्लासका साथ विविध कार्यक्रम गरि मनाइरहेका छन्र ।

