spot_imgspot_imgspot_img
Home प्रमुख समचार खत्मे बुखारी शरिफ एक उत्सव : बेलासपुर मदरसाबाट ५२ जना...

खत्मे बुखारी शरिफ एक उत्सव : बेलासपुर मदरसाबाट ५२ जना विद्यार्थी दिक्षित हुदै

Social Media Sharing

परासी, १३ माद्द । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर मदरसामा खत्मे बुखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ । ईस्लाम धर्मका धर्म गुरु हजरत मौलाना सुफी सिद्दिक खानले बुखारी शरिफ किताबलाई अध्ययनरत विद्यार्थीलाई पढाएर कोर्ष पुरा गराउनु भएको हो । जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा ३ बेलासपुरमा संचालित मदरसा ईस्लामिया आधारभुत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष तबरेल आलम खानेको अध्यक्षता तथा हजरत मौलाना सुफी सिद्दिक खानको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

के हो खत्मे बुखारी ः खत्मे बुखारी शरिफ कार्यक्रमलाई मदरसाहरुमा (धार्मिक विद्यालय) एक उत्सवको रुपमा मनाईने गरिन्छ । बुखारी शरिफ मदरसामा स्नाकोत्तर (फजिलत) अध्ययनरत विद्यार्थीहरुला पढाउने किताबहरु मध्ये एक महत्वपुर्ण किताब हो । बर्षदिन पढने उक्त किताबको अन्तिम हदिस (कथन)लाई एक विशिष्ट धर्मगुरुबाट विद्यार्थीहरुलाई पढाएर स्नाकोत्तर कोर्ष पुरा गराउने उक्त क्षणलाई उत्वसको रुपमा मनाउने गरिने अध्यक्ष तबरेज आल खानले जानकारी दिनु भयो ।
ईस्लाम धर्ममा धर्मग्रन्थ कुरान मजिद पछि ईस्लाम धर्मको ठुलो महत्वपुर्ण किताब बुखारी शरिफ हो । यसमा ईस्लाम धर्मका पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको भनाई, नसिहत, धर्मदशना र दिइएको निर्देशनहरु समावेश गरिएको किताब हो । मदरसा शिक्षा हासिल गर्ने विद्यार्थीहरुले हदिसका धेरै किताबहरु पढेर आफनो कोर्षहरु पुरा गर्ने गर्दछन जसमध्ये यो एक प्रमुख र महत्वपुर्ण धार्मिक किताब हो ।

मदरसाले संचालन गरेको जामिया उम्मेहबिबा गुल्शनेरजा निस्वा मदरसामा (छात्रावास) अध्ययनरत छात्राहरुले आज खत्मे बुखारी कार्यक्रमबाट आफनो स्नाकोत्तर कोर्ष पुरा गरेका हुन् । मदरसामा अध्ययनरत ५२ जना छात्राहरुले फजिलत र केरात कोर्ष पुरा गरेकाले उनीहरुलाई आउदो शनिवार १७ गते मदरसामा आयोजित दिक्षान्त समारोहमा (जलसा) दिक्षित गरिने मदरसाका प्रधानाध्यापक सम्साद अंसारीले जानकारी दिनु भयो । खत्मे बुखारी शरिफ उत्शवमा स्थानिय, सामाजिक, शिक्षाा प्रेमी, स्थानिय धर्मावलम्बी, माैलाना अभिभावक र विद्यार्थीहरूकाे उपस्थिती रहेकाे थियाे ।

खत्मे बुखारी कार्यक्रममा प्रमुख अतिथि हजरत मौलाना सुफि सिद्दिक खान, विशिष्ट अतिटि मौलाना सैयद गुलाम गौस मिँया, मौलाना नैमुल्लाह खान, मौलाना फजलुर्रहमान, मौलाना ताजुद्दिन अंसारी लगायतले कोर्ष सम्पन्न गर्ने सबै विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका थिए । वक्ताहरुले ईस्लामिक सन्देश दिदै सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा आएका अतिथिहरुलाई मदरसाका अध्यक्ष तबरेज आलम खानले मायाको चिनो प्रदान गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम मदरसाका प्रधानाध्यापक सम्साद अंसारीले संचालन गर्नु भएको थियो ।