spot_imgspot_imgspot_img
Home प्रमुख समचार गतबर्षकै ७ करोड भुक्तानी पाएनन उखु किसान

गतबर्षकै ७ करोड भुक्तानी पाएनन उखु किसान

Social Media Sharing

परासी, २६ मंसिर । उखु क्रसिङ्ग शुरु भईसक्दा पनि किसानहरु गतबर्षकै ७ करोड भुक्तानी नपाएपछि निराश बनेका छन् । पश्चिम नवलपरासीको उखु किसानहरु गतबर्षकै ७ करोड रुपैया भुक्तानी अहिलेसम्म पनि नपाएपछि उनीहरुमा निराशा छाएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा ८ गंगापुरमा रहेको ईन्दिरा सुगर एण्ड एग्रो ईण्डष्ट्रि«ज प्रा.लिले भुक्तानीमा आलटाल गर्दै मिल संचालक सम्पर्क विहिन भएपछि किसानहरु मारमा परेको बताउछन् । गतबर्ष मिलले किसानको उखु क्रसिङ्ग ग¥यो तर भुक्तानीमा आलटाल गर्दै मिल संचालक राकेश अग्रवाल फरार भएपछि किसानहरुको भुक्तानी अल्झिएको हो । चालु क्रसिङ्ग सिजनमा अहिलेसम्म मिल पनि संचालनमा आएको छैन उता गतबर्षकै ७ करोड भुक्तानी किसानले पाउने पर्ने तथ्याङ्क देखिन्छ ।

उखु क्रसिङ्ग शुरु भयो तर अहिलेसम्म मिल संचालक राकेश अग्रवाल सम्पर्कमा छैनन । मिल पनि यसबर्ष चलाउने कुनै छांटकाट देखिएको छैन । गतबर्षकै ७ करोड रुपैया भुक्तानी पनि किसानहरुले अहिलेसम्म पाएका छैनन् । यस बर्ष किसानहरु निकै समस्या बेहोर्ने संकेत देखिएको छ । किसानको भुक्तानी दिलाउन र मिल संचालनका पहल गर्न सम्बन्धित निकायहरुलाई उखु किसान लख्खु यादवले यसै संचार माध्यमबाट आग्रह गर्नु भयो ।

जिल्लामा बागमति खाडसारी चिनी मिल्स प्रा.लि, लुम्बिनी चिन मिल, ईन्दिरा सुगर ईण्डष्ट्रि«ज प्रा.लि गरि तिन ठुलो चिनी मिल संचालनमा छन् भने सय बढि भेली क्रसरहरु संचालनमा छन् । तर अहिलसम्म बागमति चिनीमिल मात्र संचालनमा आएको छ । लुम्बिनी चिनी मिल संचालनको तयारी गरिरहेको छ भने ईन्दिरा सुगर मिल संचालनमा आउने कुनै सुनगुन नसुनिएको प्रतापपुर गाउँपालिका अध्यक्ष तथा उखु उत्पादक महासंघका प्रवक्ता उमेशचन्द्र यादवको भनाई छ ।

सरकारले यसवर्षका लागि अनुदान सहित ६९० रुपैया उखुको समर्थन मुल्य कायम गरेको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा किसानहरुको उखु नै मुख्य बाली हो । उखु खेती जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा हुदै आएको छ ।