परासी, ०८ फागुन । घरदैलोमा रहेका भरत थापालाई ग्रामीणभेगका स्थानीयहरूले पिछडिएका र सीमान्तकृत समुदायको हितमा लक्षित नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका छन् । उनीहरूले भनेका छन्, यदि चुनाव जित भने, गरिब असहायलाइ राेजगार, `ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, र खानेपानी लगायतको क्षेत्रमा काम गर्ने छुँ । त्यस्तै ग्रामीण क्षेत्रकाे विकास तथा पिछडिएको र सिमान्तकृत समुदायको पहुँचमा जाेडदिने खालकाे नीतिगत व्यवस्थाकाे आवश्यकता रहेकाे बताएका छन् ।´ 
विशेषगरी दलित, जनजाति, महिला तथा आर्थिक रूपमा विपन्न वर्गलाई केन्द्रमा राखेर दीर्घकालीन योजना ल्याउनुपर्नेमा जोड दिनुपर्ने उनिहरूले थापालाई भनेका छन् । उनीहरूकाे प्रतिक्रिया सुनेका थापाले मैले निजी क्षेत्र र स्थानीय तहमा गरेकाे काम मुल्यांकन गरि मत दिन अनुराेध गरे । उनले भने, `मेराे उम्मेदवारी ग्रामीण क्षेत्रकाे विकास र पिछडिएको तथा सिमान्तकृत समुदायको जीवन उकास्नका लागि नीति निर्माण गर्ने उद्देश्य रहेकाे छ ।´
त्यस्तै विकासका योजना बनाउँदा आवश्यकता पहिचान गरी बजेट विनियोजनका लागि पहल गर्नेछु । थापाले भन्नुभयाे, `आफू जनताका सुझावलाई सकारात्मक रूपमा लिँदै सामाजिक न्याय र समान अवसरका लागि प्रतिबद्ध छु ।´
घरदैलाे अभियान अन्तर्गत अाज पाल्हीनन्दन २ पिपरहवाँ, मुडेरा, गाेपालपुर, भक्सीपुर र हरपुरमा प्रचार गरिएकाे छ । घरदैलाेमा यहाँका नेता कार्यकर्ताहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे ।

