spot_imgspot_imgspot_img
Home स्थानिय समचार घोराहीका वडाध्यक्ष सहित १३ जुवाडे पक्राउ

घोराहीका वडाध्यक्ष सहित १३ जुवाडे पक्राउ

Social Media Sharing

दाङ, ३ कात्तिक ।

चाडपर्वमा रमाइलोको नाममा लाखौँ रकम बाजिमा राखेर जुवा खेल्ने प्रचलन मौलाउँदै गएको छ । जुवा खेल्नमा जनप्रतिनिधिहरू समेत संलग्न रहने गरेका छन् ।

प्रहरीले गएराती मात्रै घोराहीबाट १३ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट नगद ४ लाख बढी रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

आइतबार राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोहल स्थित होटल टीथ्रीमा जुवा खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको छ भने घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले टीथ्री होटलको कोठा नम्बर १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणी अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

अर्याल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । पक्राउ पर्नेमा अर्याल सहित घोराही उपमहानगरपालिका वडा नं. १८ का ४५ वर्षीय कृष्णबहादुर घर्ती, घोराही–१४ बस्ने वर्ष ६४ को नारायणप्रसाद अधिकारी, घोराही १८ बस्ने वर्ष ४१ को माधव भण्डारी रहेका छन् ।

यस्तै घोराही १७ बस्ने वर्ष ३७ को विक्रम केसी, घोराही १८ बस्ने वर्ष ४६ को लंक बहादुर बुढा, घोराही १८ बस्ने वर्ष १८ को सागर बुढा, तुलसीपुर–१२ बस्ने वर्ष ३२ को प्रबिन रावत र राप्ती गाउँपालिका वडा नं.२ पाखापानी बस्ने वर्ष ३० को तेज प्रसाद आचार्यलाई पक्राउ गरिएको हो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैयाँ सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ रझेना बस्ने वर्ष ३० को अनुप कशौधन, घोराही.१५ काठेकोहल बस्ने वर्ष ४१ को ज्ञानेन्द्र रिजाल, घोराही १५ काठेकोहल कै वर्ष ३४ क एकराज खत्री र घोराही १४ बस्ने वर्ष ३२ को सोहेलमान मनसुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायको नेतृत्वमा रहेको प्रहरीले दुबै ठाउँमा छापा हानेर जुवाडे पक्राउ गरेको हो ।