परासी, १५ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले संविधान र संघियता जोगाउनका लागि जुनसुकै लडाई लडन तयार रहेको जिकिर गर्नु भएको छ । देशका जनताले प्राप्त गरेका उपलब्धीमा संविधान, संघियता, आरक्षण, पहिचानको संरक्षणका लागि सदन देखि सडकसम्मको लडाई लडन तयार रहेको उहाँले जिकिर गर्नु भएको हो । चुनावी प्रचारको क्रममा आज सुस्ता गाउँपालिकाको कुडियामा आयोजित कोणसभा सम्बोधन गर्दै नेता त्रिपाठीले, संविधानले मधेशी, मुस्लिम, थारु, दलित र विपन्नका लागि दिएको अधिकार र पहिचान जस्ता उपलब्धी बचाउनका लागि आफनो उपस्थिती सदनमा आवश्यक रहेको बताउनु भयो ।
यो निर्वान विशेष निर्वाचन रहेको छ यसमा एक नयाँ राजनितिक शक्ति हावी हुन खोजेको छ जसले जनताले प्राप्त गरेका यि उपलब्धीहरु मास्न खोजेको संकेत देखिएको जिकिर गर्दै त्यसको संरक्षणका लागि आफुँहरु सदन देखि सडकसम्मको लडाई लडन तयार रहेको नेता त्रिपाठीले बताउनु भयो । नेता त्रिपाठीले, यस क्षेत्रका जनताको सिर झुक्ने गरि कुनै काम नगरेको दावी गर्नु भयो । आफुहरु मधेश र मधेशी जनताको अधिकारका लागि सदैव लडदै आएको बताउनु भयो ।
कमजोर समुदायको उपस्थिती जहिलेपनि राज्य सत्ताको पहुँचमा रहदैन र त्यसै समुदायलाई सबैले हेप्ने र दबाउने गर्दछन् तर आफुँ त्यस समुदायको संरक्षण र पहुँचका लागि काम गर्दै आएको दावी गर्नु भयो । आफुँहरुले लडाई लडेर नागरिकता विहिनहरुलाई नागरिकता दिलाएको, मधेशी, महिला, दलित, मुस्लिमहरुलाई पहिचान, आरक्षण दिलाएको तर त्यो नै यतिबेला खतरामा पर्ने संकेत देखिएको उहाँले चर्चा गर्नु भयो । त्यको संरक्षणका लागि लडाई लडन पर्ने आवश्यक रहेको भन्दै आफुँलाई अन्तिम पटक सदनमा पठाउनका लागि यस क्षेत्रका मतदाताहरुले मतदान गर्न जनतासामु आग्रह गर्नु भयो । चुनावी प्रचारलाई नेता त्रिपाठीले तिब्रता दिएका छन् । माहौल नेता त्रिपाठीको पक्षमा बन्दै गएको छ । नेता त्रिपाठी नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् ।

