परासी, १५ फागुन। जनता समाजवादी पार्टी नेपालले आज सदरमुकाम परासीमा घर्दैलो गरेको छ। चुनाबी प्रचार प्रसारका लागि पार्टी आफ्नो उम्मेदवार र कार्यकर्ता सहित परासी बजारमा घर्दैलो गरेको हो। जसपाबाट उम्मेदवार देबेन्द्र यादबले आफ्नो चुनाबी एजेन्डा लिएर मतदाताको दैलोमा पुगेर मत मागेका हुन। देबेन्द्र यादब जसपाबाट नवलपरासी निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन।
घर्दैलोको क्रममा उम्मेदवार देबेन्द्रले, ठूलो बलिदान पश्चात् प्राप्त उपलब्धी संघीयता र पहिचान जोगाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो।
त्यसै गरि घर्दैलो पश्चात जसपाले परासीमा र्याली निकालेर घरदैलो शक्ति समेत प्रदर्शन गरेको थियो। निकालिएको र्यालीले सदरमुकाम परिक्रमा गरेर बुद्धचोकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले नेपाल सद्भावना हुँदै जसपासम्म आइपुगेका मधेसी केन्द्रित दलहरु नै मधेसी जनताको अधिकारका लागि निरन्तर संघर्ष गरेको दाबी गर्नुभयो । नीती निर्माण तहमा समुचित प्रतिनिधित्व नभएसम्म अधिकारको लडाइँ अपूरो रहने उल्लेख गर्दै उहाँले संसद्मा आफ्ना उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्नुभयो ।
कोण सभामा जसपाका नेताहरु मुन्नालाल गुप्ता, पुरन चौधरी हैदर अलि मोमिन, राधेरमन पान्डे, नगेन्द्र अग्रहरी, शोभा चौधरीलगायतले जेनजीको भावना अनुसार काम गर्नेमा जोड दिएका थिए।

