spot_imgspot_imgspot_img
Home प्रमुख समचार देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द, भरत थापाको कायम

देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द, भरत थापाको कायम

Social Media Sharing

बुटवल, ८ माघ । लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) मा एक उम्मेदवारको उम्मेदवारी रद्द तथा एक जनाको खारेज भएको छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ भने आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी खारेज गरिएको छ ।  निर्वाचन कार्यालयका अनुसार नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट कँडेल र भीमबहादुर थापा दुवैले आधिकारिक टिकट दाबी गर्दै उम्मेदवारी दर्ता गराएका थिए । थापाले पहिला उम्मेदवारी दर्ता गराएका थिए भने कँडेलले पछि दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखी उम्मेदवारी कायम गराएका थिए ।

उम्मेदवारीको विषयमा विवाद भएपछि मुख्य निर्वाचन कार्यालयले पहिला दर्ता गर्ने थापाको उम्मेदवारीलाई आधिकारिकता दिँदै कँडेलको उम्मेदवारी रद्द गरिदिएको हो । त्यस्तै नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिएकी आम जनता पार्टीकी थापाको उम्मेदवारी खारेज भएको छ । सहायक निर्वाचन अधिकृत भेषराज खनालका अनुसार थापाको नाम कालोसूचीमा रहेको देखिएकाले उनको उम्मेदवारी खारेज गरिएको हो । उक्त निर्वाचन क्षेत्रबाट २७ जनाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी रद्द तथा खारेज भएसँगै अब उक्त निर्वाचन क्षेत्रमा ११ स्वतन्त्र र १५ दल गरी कुल २६ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते (भोलि) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारी फिर्तापछि सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।