spot_imgspot_imgspot_img
Home स्थानिय समचार देशको विकासका लागि कांग्रेसकै सरकार आवश्यक छ : नेता बिनोद चौधरी

देशको विकासका लागि कांग्रेसकै सरकार आवश्यक छ : नेता बिनोद चौधरी

Social Media Sharing

परासी, १३ फागनु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता बिनोद चौधरी आफनो लोकप्रिय एजेण्डा लिएर मतदाताहरुको दैलोमा पुगी रहेका छन् । नेता चौधरीले हिजो मात्र वृहद चुनावी ¥याली समेत निकाली आफनो निर्वाचन क्षेत्रभरि शक्ति प्रदर्शन गरेका थिए । नेता चौधरी आज सुस्ता गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनाव प्रचार प्रसारमा छन् । आफनो कार्यकर्ताका साथै चौधरी घरदैलो गर्दै मतदाता भेटदै मत माग्ने कामा व्यस्त देखिएका छन् ।

नेता चौधरीले देशको बर्तमान समस्या समाधान र देशलाई निकास दिनका लागि कांग्रेसकै सरकार आवश्यक देखिएको जिकिर गर्नु भयो । मतदाता भेटदै नेता चौधरीले देशमा विकास लहर ल्याउन र देशमा परिवर्तन ल्याउन कांग्रेससभा पति गगन कुमार थापा नेतृत्वको सरकार बन्न आवश्यक देखिएको जिकिर गर्नु भयो । विभिन्न चरणबद्ध आन्दोले देशले प्राप्त उपलब्धीहरुको रक्षा र जनता र जेनजीको भावना अनुसार काम गर्न कांग्रेसकै सरकार आवश्यक रहेको बताउनु भयो । अरु राजनितिक दलहरुको दृष्टिकोण फरक देखिएको अरुको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह समेत गुर्न भयो । चुनाव नजिकिदै जाँदा नेता चौधरीले चुनावी प्रचारलाई तिब्र पारेका छन् ।