परासी, १३ फागुन । पुर्वमन्त्री ह्देश त्रिपाठी यतिबेला चुनावी प्रचारमा निकै व्यस्त देखिएका छन् । जारी चुनाव आफनो दाउ पार्न नेता त्रिपाठी मतदाता भेटघाटलाई तिब्रता दिएका छन् । चुनाव प्रचार प्रसारको क्रममा आज प्रतापपुर गाउँपालिका वडा नंं ८ पिपरपाती लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम मार्फत मतदाता भेटेर आफनो चुनावी एजेण्डा र प्रतिबद्धता पत्र सुनाएका छन् ।
मतदाता भेटने क्रममा नेता त्रिपाठीले संविाधन र संविधानबाट प्राप्त उपलब्धीहरु जोगाउनका लागि आफनो उम्मेदवारी रहेको बताएका छन् । संविधानले सुनिश्चित गरेको संघियता, पहिचान, थारु, मधेशी मुस्लिम र आरक्षण लागायतका अधिकारलाई सुरक्षित गराउनका लागि आफुँ यस पटकको चुनावमा उत्रिएको जिकिर गरेका हुन् ।
नेता त्रिपाठीले, देशको मुद्दा तथा समस्या प्रति कुनै राजनितिक दलहरुले छलफल र बहस नलचाएकोले यस चुनावमा खासै जनताको उत्साह नदेखिएको जिकिर गर्नु भयो । यस चुनावले या त संविधानमा व्यापक संसोधन हुन्छ या त संविधान नै मासिने अशुभ संकेत देखिएको चर्चा गर्नु भयो । यो चुनाव विशेष चुनाव भएकाले यस चुनावमा मतदाताहरुले होस विचार पु¥याएर मात्र मतदान गर्न आग्रह समेत गर्नु भयो ।
नेता त्रिपाठी नवलपरासी निर्वाचन क्षेत्र नंं १ मा जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

