spot_imgspot_imgspot_img
Home प्रमुख समचार नवगठित पार्टीको प्रतिबद्धता : सादा जीवनशैली अपनाउने !

नवगठित पार्टीको प्रतिबद्धता : सादा जीवनशैली अपनाउने !

Social Media Sharing

काठमाडौं,१९ कातिक । नवगठित नेपाली कम्युनिस्ट पार्टीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । बुधबार (कात्तिक १९) काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक समारोहमा विभिन्न १० दल/समूहले एकताको घोषणा गरेका हुन् । एकता घोषणासँगै २३ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ । उक्त प्रतिबद्धताको पहिलो बुँदामा “नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने” उल्लेख छ ।त्यस्तै राष्ट्र र जनताप्रति इमानदार भएर काम गर्ने, लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने एवं राज्यका सबै अंगहरूमा आवश्यक सुधार एवम् पुनर्संरचना गर्न अग्रसर हुने पनि प्रतिबद्धता जनाइएको छ ।

नवगठित पार्टीले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कारबाही गराउन प्रभावकारी पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । प्रतिबद्धतामा जेनजी पुस्ताका मुद्दा र आकांक्षा संबोधन गर्न प्रतिबद्ध रहनेदेखि जनताको सुख-दुःखमा जोडिनेसम्मका विषय समेटिएका छन् । त्यस्तै, कम्युनिस्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने तथा सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने प्रतिबद्धता पनि नवगठित पार्टीले जनाएको छ ।