spot_imgspot_imgspot_img
Home प्रमुख समचार नवलपरासीमा मेवा खेतीबाट मनग्य आम्दानी

नवलपरासीमा मेवा खेतीबाट मनग्य आम्दानी

Social Media Sharing

परासी, १२ बैशाख । पश्चिम नवलपरासीका एक किसान मेवा खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ३ रेवारेता निवासी अर्जुन सहानी व्यवसायिक मेवा खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । कोरिया बसेर नेपाल फर्केका कृषक अर्जुन सहानी यो बर्ष १० कठ्ठा क्षेत्रफलमा मेवा खेती गरेका छन् जुन क्षेत्रफलमा ८०० सय मेवाको बोट तयार गरि मेवा उत्पादन लिईरहेका छन् ।

कृषक सहानीले व्यवसाययि रुपमा गरेको मेवा खेतीमा अहिलेसम्म २ लाख ५० हजार रुपैया लगानी गरिसकेको बताउदै अहिलेसम्म मेवा उत्पादनबाट ३ लाख बढि आम्दानी समेत गरिसकेको बताउनु भएको छ । खेतमा उत्पादित मेवा किनमेल गर्न व्यवपारीहरु खेतमै आउने गरेको र प्रति किलो ५० रुपैयाको दरले मेवा विक्री भैरहेको कृषक सहानीले बताउनु भयो ।
कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अग्र्यानिक मेवाखेती गरेको सहानीले मेवा खेतीसम्बन्धी प्राविधिक ज्ञान कोरियाबाट नै लिएर आएको बताउनु भयो । नारायणी नदी क्षेत्रका गाउँमा बसोबास गर्ने किसानहरु के काम र कुन खेती गरि घर व्यवहार मिलाउन भनि चिन्तामा रहेका बेला कृषक सहानीले यस्तो लाखांै आम्दानीको श्रोत मेवा खेती गरेर किसानहरुका लागि उदाहरण बन्नु भएको छ । प्रति बोट ३५ किलो मेवा उत्पादन हुने सहानीको अनुमान छ ।

यसरी हिसाब गर्ने हो भनि ८०० बोटबाट कुल २८० क्विन्टल मेवा उत्पादन हुने देखिन्छ । जसको मुल्य प्रति किलो ५० रुपैयाको दरले १४ लाख रुपैया आम्दानी हुने अनुमान गर्न सकिन्छ । उत्पादित मेवा परासी, भुमही, बर्दघाट, सुनवल, भैरहवाँ, मणिग्राम, बुटवल, नारायणगढ, पाल्पा लगायतका बजारमा विक्री वितरण हुने गर्दछ । यो मेवा सुद्ध अर्गानिक पनि छ । जिल्लामा सहानी मात्र एक व्यवसायिक रुपमा मेवा खेती गरेका छन् ।

ठुलो क्षेत्रफलमा यो मेवा खेती विस्तार गर्न ऋण, अनुदान, विउबिजन, मलखादको आवश्यक्त रहेको कृषक सहानीले जिकिर गर्दै यसको लागि सरकार तथा सम्बन्धीत निकायले सहयोग गर्नका लागि यसै संचार माध्यम मार्फत आग्रह पनि गर्नु भयो । नारायणी नदी छेउछाउका जग्गा र घर भएकाले बैंकहरु ऋण दिन आनाकानी गर्ने गरेको दुख व्यक्त गर्नु भयो । यस क्षेत्रका किसानहरुलाई पनि सहजै खेत वा घर धितो राखेर बंैकले ऋण दियो भने मेवा जस्तै विभिन्न व्यवसायिक खेती गर्न सकिने यो क्षेत्र रहेको सहानीले जिकिर गर्नु भयो ।
फुटेज र बाईट छ ।