spot_imgspot_imgspot_img
Home प्रमुख समचार नवलपरासी कांग्रेसको १९९ सदस्यीय चुनाव प्रचार समिति गठन

नवलपरासी कांग्रेसको १९९ सदस्यीय चुनाव प्रचार समिति गठन

Social Media Sharing

परासी, १६ माघ । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित विस्तारित बैठक परासीमा सम्पन्न भएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भिम बहादुर थापा (भरत थापा) लाई चुनाव जिताउने उद्देश्यले निर्वाचन केन्द्रित विस्तारित बैठक परासीमा आयोजना गरिएको हो । नेपाली कांग्रेस पार्टी जिल्ला सभापति अर्जुन कुमार पोख्रेलको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य राधेश्याम पाठकको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न हुदै चुनाव प्रचार प्रसार समिति पनि गठन गरेको छ । पार्टीका उपाध्यक्ष विक्रम यादवको संयोजकत्वमा १९९ जनाको चुनाव प्रचार प्रसार समिति गठन गरेको पार्टीका सचिव कुलदिप आचार्यले जानकारी दिनु भयो ।

चुनाव प्रचार प्रसार समितिमा पार्टी उपभापति विक्रम यादव संयोजक रु सबैजना सदस्य रहने गरि गठन भएको छ जसको सदस्यमा पार्टीका पदाधिकारी तथा सदस्य गरि १५ जना, महाधिवेशन प्रतिनिधि २६, क्षेत्रिय कार्यसमितिबाट २९ जना, प्रदेश कार्यसमितिबाट ४२ जना पालिका पदाधीकारीबाट ३२ जना र वडासभापतिहरु ४० जना, शुभेक्षुक भातृत्व संगठन१३ गरि कुल १९९ जना रहने छन् । यस समितिमा को को बस्ने भने नामवली पछि छनौट गरिने पार्टी सचिव आचार्यले जानकारी दिनु भयो ।

त्यस्तै चुनावको अवस्था अनुगमनका लागि ७ सदस्यीय अनुगमन समिति पनि गठन भएको छ । बैठकमा पार्टीका जिल्ला स्तरीय शिर्ष नेता, पदाधीकारी तथा सदस्य र अगुवा कार्यकर्ताहरुले पार्टीमा देखिएको असन्तुष्टिलाई मेटाउदै सबै नेता कार्यकर्ताहरुलाई एकजुट बनाएर चुनावी अभियनामा लाग्ने निषकर्ष निकालेका थिए । बैठकमा जिल्ला कार्यसमिति, क्षेत्रिय, प्रदेश र पालिका र वडा तहका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।