परासी, १० मंसिर । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले, निर्माण हुन लागेको न्यु बुटवल सबस्टेशन आयोजनाले स्वच्छ उर्जामा पहुँचको विस्तार हुने बताउनु भएको छ । अर्थमन्त्री खनालले पश्चिम नवलपरासीको सुनवल १३ बडेरमा निर्माण हुन लागेको न्यु बुटवल सबस्टेश तथा १८ किमी प्रसारण लाईनको एक औपचारिक कार्यक्र बिच सिलन्यास गर्दै यस्तो बताउनु भएको हो । कार्यक्रम सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस आयोजना परियोजनाले क्षेत्रिय उर्जा व्यपारमा अभिबृद्धि तथा राष्ट्रि«य आर्थिक बृद्धि हासिल हुनेमा दिर्घकालिन सहयोग पुग्ने जिकिर गर्नु भयो । अर्थमन्त्री खनाल र अमेरिकि राजदुत डिन आर थम्प्सनले संयुक्त रुपमा बेल्चाले माटो खनेर बन्ने दुबै पुर्वाधारको सिलन्यास गरेका हुन् ।
बडेरा देखि दशगजासम्म १८ किलोमिटर प्रसारण लाईन विस्तार गर्न र ४०० केभी न्यु बुटवल सब स्टेशन निर्माणका लागि दुई पुर्वाधारको आज सिलन्यास भएको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत यो दुबै पुर्वाधारको निर्माण पश्चात प्रसारण हुने बिजुली मार्फत नेपाल भारत सिमासंग जोडनेछ । करिब ५ करोड अमेरिकी डलरको लगानीमा निर्माण हुने यो उर्जा पुर्वाधार आगामी दशकभित्र १० हजार मेगावाट विजुली निर्यात गर्ने लक्ष्य लिइएको छ ।
सिलन्यास कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राजदुत डिन आर थम्प्सनले, थप भरपर्दाे उर्जा प्रणाली निर्माण कार्यमा नेपालसंग उभिन पाउँदा निकै खुशी भएको जिकिर गर्नु भएको छ । राजदुत थम्प्सनले यस आयोजनाले घरपरिवार तथा व्यवसायिक बत्ति बाल्न पाउनेमा मात्र सिमित रहदैन यसले यस औद्योगिक क्षेत्र संगै विदेश व्यपारमा समेत सहयोग पु¥याउने बताउनु भएको होे । हरित उर्जा सुरक्षा र व्यपारमा यस आयोजना तथा परियोजनाले निकै महत्वपुर्ण भुमिका खेल्ने जिकिर गर्नु भयो ।
सिलान्यास कार्यक्रममा एमसीए नेपालका कार्यकारी निर्देशक खडग बहादुर विष्टले, नेपालको उर्जा सुरक्षा शसक्त बनाउने सन्दर्भमा आज एउटा नयाँ अध्याय थपिएको बताउनु भएको छ । उहाँले उर्जा व्यपार विस्तार नेपालको लागि दिर्घकालिन लाभ दिने योजनाको रुपमा स्थापित हुने जिकिर गर्नु भयो ।
यो निर्माण कार्यसम्पन्न गर्नका लागि लिन्क्सन ईण्डिया प्राईभेट लिमिटेडले आगामी सन २०२७ सेप्टेम्बर २० तारिखमा सम्पन्न गर्नेगरि काम थालेको एम्सीए नेपालले जनाएको छ । यो आयोजना सुनवल नगरपालिका वडा १३ बडेरामा शुरु भएको छ । कार्यक्रममा अर्थसचिव डाक्टर घनश्याम उपाध्याय, एमसीसीका आवासिय राष्ट्र«निर्देशक डायन फ्रान्सिस्को, जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादव, सहित विभिन्न पालिका प्रमुख उप प्रमुख सुरक्षा निकायका प्रमुखहरु सहित स्थानियहरुको सहभागिता रहेको थियो ।

