spot_imgspot_imgspot_img
Home प्रमुख समचार न्युयोर्क पुगे प्रधानमन्त्री बालेन शाह

न्युयोर्क पुगे प्रधानमन्त्री बालेन शाह

Social Media Sharing

काठमाडौं, ७ असोज । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन् ।उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि हिजो (मंगलबार) कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क गएका थिए ।उनले भोलि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । केहीबेर अघिमात्रै उनी न्युयोर्कस्थित जेफएके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।उनले भोलि (असोज ८) गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् ।

महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।हिजो मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै नेपालका हिमालहरूबाट संसारको छानो खसिरहेको बारेमा आफूले तीन वर्ष अघि नै ध्यानाकर्षण गराएको बताएका छन् ।