परासी, ६ फागुन । नवलपरासीलाई पर्यटनको हब बनाउन सकिने प्रचुर सम्भावना देखिएको बताइएकाे छ । अहिले कानुन र निति निर्माणका लागि प्रतिनिधिसभाको निर्वाचन भैरहेको छ । उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा छन । संसदीय भुमिका संगै देशको आर्थिक, राजनितिक, सामाजिक, पर्यटकिय विकासका लागि पनि संसदले ठुलो भुमिका खेल्न सक्ने भुमिका रहन्छ । चुनावी प्रचारमा रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भिम बहादुर थापा (भरत थापा) ले नवलपरासीलाई पर्यटनको हब बनाउन सकिने प्रचुर सम्भावना देखेको जिकिर गर्नु भएको छ । चुनाव प्रचारमा रहेका उम्मेदवार भरत थापाले जिल्लालाई अन्तराष्ट्रिय जगत चिनाउन र जिल्लाको आर्थिक स्तर माथि उकास्न यहाँ पर्यटन फस्टाउन जरुरी देखिएको जिकिर गर्नु भएको हो । सुनवलको भुमहीमा मतदाता भेटघाटको क्रममा पत्रकार संग कुरा गर्दै आफनो लोकप्रिय एजेण्डा अन्तर्गत पर्यटन विकास पनि रहेको बताउदै पर्यटन विकासले रोजगारी र आर्थिक आर्जनको श्रोत हुने विस्वास व्यक्त गर्नु भयो ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिा सभा सदस्य पदका उम्मेवदार भरत थापाले, देशको विग्रिदो आर्थिक अवस्थालाई सुधार्न र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन पनि एक मुख्य पुर्वाधार रहेको जिकिर गर्दै यसले देशलाई धनी र व्यापक चर्चित बनाउनमा मद्दत समेत पुग्ने चर्चा गर्नु भयो ।
आफुँले सुनवल नगरपाकिलाको मेयरको रुपमा नेतृत्व गरि रहदा जिल्लामै चिनाउने सुनवल हिलपार्क निर्माण गरेको राम्रो अनुभवन बटुलेको चर्चा गर्दै आज त्यस पार्कमा मासिक आन्तरिक तथा बाह्य गरि हजार बढि पर्यटकहरु आउने गरेको दावी गर्नु भयो । यसले यहाँको रोजगारी, उत्पादन र आर्थिक क्षेत्रमा समेत सुधार गरिरहेको जिकिर गर्नु भयो ।

आफनो निर्वाचन क्षेत्रमा रहेको मुख्य धार्मिक तथा एतिहासिक स्थल रामग्राम स्तुत, बुद्धको मावली पण्डितपुर, हिलपार्क, महलपोखरी, बाबा बर्दगोरिया, मामी सवरिया, तरगौली ताल, एतिहासिक नन्दन ताल, पाल्हीभगती मन्दिर र जिल्लाकै अर्काे निर्वाचन क्षेत्रमा त्रिवेणी धाम, अनोमा घाट, मदारबाबा, कंचनगढी, संसारकोट र बुद्धमंगल ताल जस्ता मुख्य मुख्य पर्यटकिय क्षेत्रहरु छन् । यि करिब १ दर्जन मुख्य धार्मिक तथा एतिहासिक क्षेत्रहरुलाई पर्यटनको रुपमा विकास गर्न सके यहाँ विदेशी पर्यटन झारेर जिल्लाबासी राम्रो आम्दानी गर्न सक्ने प्रचुर सम्भाव देखिएको थापाले जिकिर गर्नु भयो ।

साचंै जिल्लाको पर्यटन पुर्वाधार विकासका लागि यहाँका ठुला पहुँचवाला नेताहरुले पहल नगरकै हो त्यहि भएर जिल्ला ओझेलमा परेको दुखेसो पोख्नु भयो । जिल्लाको पर्यटन पुर्वाधारको विकास गर्ने हो भनि यहाँको स्वरोजगारी बढने, युवा रोजगारी सृजना हुने, स्थानिय उत्पादन बढने, सवारी साधन परिचालन हुने, जिल्लाको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पहिचान हुनुका साथै जिल्लाको आर्थिक उन्नती पनि हुनेमा विश्वास व्यक्त गर्नु भयो । यो चुनाव कानुन तथा निति निर्माण गर्नका लागि प्रतिनिधिसभाको निर्वाचन भएपनि यस क्षेत्रबाट जितेर सांसद बन्ने व्यक्तिले यस जिल्लाका यि पर्टनहरुको विकास लागि मन्त्रालय र सदनमा दमदार रुपमा आवज उठाई कामको लागि पहल गर्न सक्ने एक राम्रो पलेटफर्म समेत रहेको बताउनु भयो ।
आफुँलाई निजि क्षेत्र उद्योग बाणिज्य संघ चालएको अनुभव, पर्या पर्यटन बुझेको र सुनवलमा हिलपार्क निर्माण गरि ठुलो अनुभव प्राप्त गरेको व्यक्ति रहेको भन्दै जिल्लालाई पर्यटकिय हब बनाउन सक्ने वृहद योजना समेत रहेको बताउनु भयो । यदि आफुँले चुनाव जितेमा जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि पहल गरि जिल्लालाई समृद्ध जिल्ला बनाउन औद्योगिक, धार्मिक तथा वातावरिणय पर्यटन पुर्वाकारको विकासमा लागी पर्ने प्रतिबद्धता जाहेर गुर्न भयो ।
जिल्लामा पर्यटन विकास र औद्योगिक करिडोरबाट रोजगारीलाई जोडने हो भनि जिल्लामै हजरांै रोजगारीको सम्भावना देखिएको जिकिर गर्नु भयो । यहाँबाट बेरोजगार युवाहरुलाई शिप अनुसारको रोजगारी प्रदान हुने र विदेशीने बाध्यताको अन्तय भएर जानेमा विश्वास व्यक्त गर्नु भयो । भरत थापा विकास प्रेमी र विकास गर्न राम्रो अनुभव प्राप्त नेता भएकाले यहाँको जनताहरुमा जिल्ला विकास हुनेमा आशा प्लाएको छ । घरदैलो कार्यक्रममा थापा प्रति मतदाताको उत्साह र विस्वास बढदै गएको छ ।

