spot_imgspot_imgspot_img
Home स्थानिय समचार पाल्हीनन्दनमा पोषिलो खाद्यान्न बस्तुहरूकाे प्रदर्शन

पाल्हीनन्दनमा पोषिलो खाद्यान्न बस्तुहरूकाे प्रदर्शन

Social Media Sharing

परासी, २० बैशाख । उपभोक्ताहरुलाई दैनिक खानपान प्रति सचेत गराउने उद्देश्यले पाल्हीनन्दनमा पोषिलो खाना तथा खाद्यान्न सामाग्रीहरु प्रर्दशन गरिएको छ । उपभोक्ताहरु चेतनाको अभावले आफनो दैनिक खानपानमा जंकफुड र गुणस्तरहिन खाद्यान्न सामाग्री प्रयोग गरि विरामी लगायत स्वास्थ्य समस्या झेल्दै आएकाले उनीहरुको खानपानमा सुधारका आउस भनि यो पोषिलो खाद्यान्न सामाग्रीहरु प्रदर्शन गरिएको हो । कृषिबाट उत्पादित अन्न तथा तरकारी, फलफुल, माछामासु, अण्डा, दुधजन्य बस्तुहरुलाई उपभोक्ताहरुले आफनो दैनिकी आहारमा प्रयोग गरे आफुँ र आफनो बालबालिकाहरुलाई कुपोषणबाट बचाउन सक्ने भनि उद्देश्यले बैशाखा १६ गते यो प्रदर्शनी गरिएको हो ।

एकीकृत हातेमालो समाज नेपालीको आयोजना ष्म्भ् नेपालको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाको समन्वयमा गाउँपालिकाको परिसर भित्र पोसिलो खाना तथा खाद्यान्नहरुको प्रदर्शनी गरि उपभोक्ताहरुलाई सचेत गराइएको सियान नेपालको तथ्यांक ब्यवस्थापक अधिकृत मीन रानाले जानकारी दिनु भयो । प्रर्दशनीाम विभिन्न किसिमको खाद्यवस्तु, रैथाने बाली, कृषि उपज, अन्नबाली, अण्डा लगायतको पोषिलो खाद्यान्न सामाग्रीका परिकारहरुको स्टल रहेको थियो ।

प्रदर्शनमा राखिएको स्टल र स्टलमा राखिएको पोषिलो खाद्यान्न बस्तुहरुलाई पाल्हीनन्दन गाउँपालका अध्यक्ष बैजु प्रसाद गुप्ता, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाही, पाल्हिीनन्दन गाउँपालिका वडा न ३ का अध्यक्ष गोधन प्रसाद हरिजन, वडा नं. ५ का अध्यक्ष दयाशंकर त्रिपाठी, वडा नंं ६ का अध्यष कृष्णचन्द्र यादव, लेखा शाखा प्रमुख संजय शर्मा, स्वास्थ्य शाखा प्रमुख हरि शंकर गुप्ता, आइडीई नेपालको कार्यक्रम अधिकृत दिपेन्द्र भुजेल, सियानको तथ्याङ्क व्यवस्थापन अधिकृत मिना राना, पाल्हीनन्दन वास सहजकर्ता पशुपति गुप्ता, पोषण सहजकर्ता राजेश कुर्मी र प्रहरी, स्थानिय र विद्यार्थीहरु लागतयका उपभोक्ताहरुको सहभागिता रहेको सियानको वास सुपरभाईजर साईदा निशा पठानले जानकारी दिनु भयो ।

प्रदर्शनी कार्यक्रम गाउँपालका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रदर्शन कार्यक्रममा सहभागी सबैले पोषिलो खाद्यान्न बस्तुहरुको अवलोकन गर्दै ति पोषिलो खाद्यान्न बस्तुहरु आ–आफनै घरबारीमा उत्पादन गर्न प्रेरित भएका थिए । कार्यक्रममा पोषण खाद्यान्नले उपभोक्ताहरुको पोषण अवस्थामा सुधार ल्याउन र किसानहरुले नयाँ प्राविधिकबाट खेती गर्ने विभिन्न बिधि तथा उपायहरुको बारेमा सियान नेपालको कृषि प्राबिधिक सुपरभाइजर केदार घिमिरेले प्रस्तुतिकारण गरेका थिए ।

कार्यक्रममा पोसिलो खाना प्रदर्शन तथा महत्त्वको बारेमा सियान नेपालको कृषि प्राबिधिक सुपरभाइजर रमाशंकर पाण्डेले जिकिर गरेका थिए । कार्यक्रम मा २०० भन्दा बढी किशानहरुले अवलोकन गरेका थिए । आइडीई नेपालको कार्यक्रम अधिकृत दीपेन्द्र भुजेलले कार्यक्रमको उदेश्य बारे प्रष्ट पारेका थिए भने सियान नेपालको कृषि प्राबिधिक सुपरभाइजर केदार घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।