spot_imgspot_imgspot_img
Home प्रमुख समचार पृथ्वीचन्द्र अस्पतालमा ‘इको र इण्डोस्कोपी’ सेवा

पृथ्वीचन्द्र अस्पतालमा ‘इको र इण्डोस्कोपी’ सेवा

Social Media Sharing

परासी,२४ माघ । पश्चिम नवलपरासीका पृथ्वीचन्द्र अस्पतालमा इकाे र इन्डाेस्काेपी सेवा शुरू गरिएकाे छ ।  विगत एक बर्ष देखी विरामलाई सहज सेवा प्रवाहका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालले विभिन्न सेवा थप्ने कार्यलाई निरन्तरता दिन थालेको छ । सेवा थप्ने सिलसिलमा अहिले मुटु रोग सम्बन्धि जाँच(इको) र पेट भित्रको घाँउको अवस्था पत्ता लगाउने इण्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको हो ।

बर्षाै देखी स्टोरमा फालिएको लाखौ रुपिया पर्ने इको मेसिनको उपयोग गरि गत महिना देखी इको सेवा सुचारु गरिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले देखाए । अस्पतालमा इको सेवा भएन भन्दै गुनासो बढदै थियो,इको मेसिनको खरिद गर्नेसम्मको निर्णय भयो,तर पछि इको मेसिन स्टोरमै रहेको देखायो,उनले भने, सो मेसिन नयाँ र चालु अवस्थामै रहेको भेटियो । जुन पहिलाका मेसुले विभिन्न बहाना बनाउदै इको सेवा बन्द गराएका थिए । जस्ले गर्दा अस्पतालमा सो सेवा नपाएर ग्रामिण क्षेत्रबाट आउने विरामी कि महगोँ शुल्क तिरेर निजी अस्पताल र क्लिनीकमा गराउनु पर्ने कि भैरहवा र बुटवल जानु पर्ने बाध्यता थियो । अहिले मेसिन पनि भेटियो,अस्पतालकै विशेषज्ञ चिकित्सकहरुले इको गर्दै सेवा दिन थालेका छन् । गत पुस ८ गते देखी सुचारु भएको इको सेवा लिनमा हालसम्म ७५ जना विरामीको इको गरिएको तथ्याँक उनले देखाएका थिए ।

त्यसैगरि मंगलवार देखी अस्पतालमा इण्डोस्कोपी सेवा पनि सुचारु गरिएको उनले सुनाए । देवदह मेडिकल कलेजबाट इण्डोस्कोपी गर्ने चिकित्सक बोलाएर सेवा सुचारु गरिएको छ, उनले भने,अस्पतालका दुई जना चिकित्सकलाई इण्डोस्कोपी गर्नका लागि आवश्यक तालिम लिनका लागि समय ब्यवस्थापन गरेर प्रादेशिक अस्पताल बुटवल पठाउने कार्य भएको छ । अस्पतालकै चिकित्सकले तालिम लिएर नआउदासम्म मेडिकल कलेजका चिकित्सकलाई साप्ताहिक रुपमा नियमित र आवश्यक परेको खण्डमा जतिखेर पनि बोलाएर इण्डोस्कोपी सेवा दिन सक्ने अवस्थामा अस्पताल पुगेको उनको भनाई थियो । हालका कार्यालय प्रमुख रेडियोलोजिष्ट डा(प्रकाश ढकालको पहलमा संघिय सरकारसँग माग गरेर लाखौ मुल्य पर्ने इण्डोस्कोपी मेसिन ल्याउन सफल भएका थिए । अहिले सोही मेसिनबाट सेवा सुचारु पनि गरिएको बताउदै उनले पहिलो दिनमा ४ जना विरामीलाई इण्डोस्कोपी गरिएको उनले रेकर्ड देखाए ।

यसै गरि अस्पतालमा बालरोग विशेषज्ञ समेत आएको हुदा एनआईसियु सेवा सहित डायलसिस सेवा पनि सुचारु नै रहेको छ । सघन उपचार कक्ष(आईसियु)का लागि उपकरण खरिदका लागि टेण्डर भई सकेको र निर्माण कार्य प्रकृयामै रहेको लेखापाल कुर्मीले जनाए । कर्मचारी भर्ना भई तालिम समेत प्राप्त गरिसकेको हुदा एक डेढ महिनामै आवश्यक उपकरण खरिद भई जडान भए पश्चात आईसियु सेवा पनि निकट भविष्यमै सञ्चालनमा आउने उनले जानकारी गराएका थिए । डायलसिस सेवा तर्फ दैनिक ८ जनाको डायलसिस हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि गत जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका थिए । एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेका थिए । दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका थिए ।