spot_imgspot_imgspot_img
Home स्थानिय समचार पोषणयुक्त उत्पादन र उपभोक्ता सचेतनाका लागि सडक नाटक प्रदर्शन

पोषणयुक्त उत्पादन र उपभोक्ता सचेतनाका लागि सडक नाटक प्रदर्शन

Social Media Sharing

परासी, १४ बैशाख । पोषणयुक्त खाद्य बस्तुहरु तर्फ उभोक्ताहरुलाई आकर्षित गर्न उपभोक्ता सचेतना कार्यक्रम गरिएको छ । जंकफुडबाट बालबालिका देखि आम उपभोक्ताहरुको स्वास्थयमा पर्ने नाकारात्म असरका बारेमा सचेत गराउदै पोषणयुक्त अर्गानिक खाद्य बस्तुहरुको सेवनमा उपभोक्ताहरुलाई ध्यान दिलाउन सडक नाटक प्रदर्शन मार्फत सचेत गराइएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा उपभोक्ता सचेत गराउने उद्देश्यले यो सडक नाटक प्रदर्शन गरिएको हो ।

एकिकृत हातेमालो समाज नेपालको (सियान) अायाेजना, अाडीइ नेपालकाे (iDE) आर्थिक सहयोग र कन्टेन्ट नेपाल प्रोडक्सन प्रा.लिको सहजीकरणमा उक्त सडक नाटक प्रर्दशन गरिएको सियानको वास सुपरभाइजर साईदा निसा पठानले जानकारी दिनु भयो । यो सडक नाटक आज प्रतापपुर र सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ भने भोली पाल्हीनन्दन गाउँपालिकामा हुने छ । संचालित सडक नाटक मार्फत उभोक्ताहरुले पोषणयुक्त खाना खाने, पोषणयुक्त उत्पादन बढाउने, कृषि उत्पादनमा जोड दिने, सरसफाईमा ध्यान दिने, कुपोषणबाट बच्ने जस्ता मुल सन्देश दिइएको छ । नाटक प्रदर्शनका लागि स्थानिय नाट्य कलाकारहरुलाई राम्रो प्रशिक्षण र अभ्यास गराई प्रर्दशनमा उतारिएको छ ।
‘‘पोषण मार्फत जिवन रुपान्त्रण परियोजना” विगत एक बर्षदेखि एकिकृत हातेमालो समाज नेपाल (सियान) द्धारा जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा संचालन भई कृषि क्षेत्रको प्रवद्र्धन र शुद्ध खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्दै आएको छ ।

वर्तमान अवस्थामा किसानहरुले उत्पादन गरेको कृषि उपजनी, तरकारीहरुले उचित बजार तथा मुल्य नपाईरहेको अवस्थामा किसानहरुमा नैरस्यता बढदै गएको छ । कृषि उपजनीको उचित मुल्य र कृषि क्षेत्रमा देखिएको मलखाद, बिउबिज, किटनासक, सिचाई लगायतको समस्या समाधानका लागि सम्बन्धीत निकायहरुले ध्यान दिन संस्थाले पहल गर्दै आएको र किसानहरुको उत्पादन बढाउनमा प्राविधिक ज्ञान लगायतको सहयोग समेत संस्थाले गर्दै आएको छ ।

उपभोक्ताहरु खानपानमा ध्यान नदिने र बालबच्चाहरु प्याकेटका जंकफुडहरु खाएर विराम हुने जस्तो समस्यालाई न्युनिकरणका लागि संस्थाले उपभोक्ता सचेता कार्यक्रम मार्फत उपभोक्ताहरुलाई सचेत गराउदै आएको छ भने पोषणयुक्त खाद्य बस्तुहरु खान र पोषिलो आहार उत्पादनमा उभोक्ताहरुलाई जागरुक समेतका काम गर्दै आएको छ । जनताहरुले आफनो घर गाउँ सफा राख्न, शुद्ध खानेपानी खान र अर्गानिक सागसब्जीहरु खानका लागि स्वयं उत्पादनमा जोड दिनु संस्थाले जागरुकता जगाउने काम गर्दै आएको वास सुपरभाईजर पठानले जानकारी दिनु भयो ।  अहिले उपभोक्त सचेता र पोषणयुक्त खाना तर्फ ध्यान दिन उपभोक्ताहरुलाई सचेत गराउने यो सडक नाटक एक अभियानको रुपमा अगाडी सारिएको छ ।