spot_imgspot_imgspot_img
Home स्थानिय समचार प्रचारमा मतदाताको आफूप्रती निकै उत्साह पाईरहेका छौ : एमाले उम्मेदवार राम प्रसाद...

प्रचारमा मतदाताको आफूप्रती निकै उत्साह पाईरहेका छौ : एमाले उम्मेदवार राम प्रसाद पाण्डे

Social Media Sharing

परासी, ७ फागुन। नेकपा एमालेले चुनाब प्रचारको क्रममा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ। नवलपरासी निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार राम प्रसाद पाण्डे मतदाताको गुनासो सुन्दै मत माग्न ब्यस्त देखिएका छ्न। उम्मेदवार पाण्डे आफ्नो लोकप्रिय चुनाबी एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगि मत मत मागी रह्नु भएको छ।

जनताको चाहना र भावना अनुसार देसको बिकासका लागि काम गर्न आफू र आफ्नो पार्टी सच्चिएर आएको मतदाता समु जिकिर गर्दै आफ्नो पार्टीलाई बिश्वास गर्न आग्रह गर्नु भयो। जिल्लाको पर्यटन क्षेत्र रामग्राम स्तूप, त्रिबेणी धाम, अनोमा घाट, मदार बाबा, कन्चनगढी, सन्सार्कोट लगायतका धार्मिक तथा एतिहासिक क्षेत्रको पर्यटकीय गन्तव्यको रुपमा बिकास गरि रोजगारी सृजना गर्ने कामलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। मतदाता भेटघाटमा आफ्नो पार्टी र आफू प्रती मतदाताको निकै उत्साह पाइरहेको चर्चा गर्नु भयो। घर्दैला पार्टीका तह र तबका अगुवा नेता कर्याकर्ताहरु चुनाबी प्रचारमा सक्रिय भै काम गरिरहेकी पार्टीका युवा नेता सन्तोष पाठकले जानकारी दिनु भयो। चुनाब आफ्नै पक्षमा रहेको मतदाताको रुझानले बताईरहेको उहाँको बिश्वास छ।