spot_imgspot_imgspot_img
Home स्थानिय समचार बसपार्क संचालनका लागि पहल गर्ने : वडा अध्यक्ष मदन यादव

बसपार्क संचालनका लागि पहल गर्ने : वडा अध्यक्ष मदन यादव

Social Media Sharing

परासी, २४ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.४ मा बनेकाे व्यस्थित बसपार्क संचालनका लागि नगरमा पहल गर्ने जानकारी दिनु भएकाे छ । बस पार्क संचालनका लागि नगर प्रमुख धनपत यादव  संग छलफल गरि कार्यपालिकाबाट निर्णय गराइ अावश्यक प्रकृया अगाडी बढाउनमा अग्रसर भुमिका खेल्ने बताउनु भयाे । मंगलबार वडामा अायाेजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष मदन यादले बस पार्क पहुँच मार्ग फराकिलाे भैरहेकाेले तत्काल बसपार्क संचालनमा समस्या देखिएकाे बताउदै अब संचालनका लागि वैकल्पिक बाटाे समेत प्रयाेग गरि बसपार्क संचालनमा ल्याउन नगरमा पहल गर्ने सम्मेलनमा जानकारी दिनु भयाे ।

सम्मेलनमा वडा अध्यक्ष यादवले वडामा प्रभावकारी विकास योजना मार्फत वडाको रुपान्तरण अघि बढेको बताउनु भयाे । वडा अध्यक्ष मदन यादवको नेतृत्वमा भइरहेको विकास अभियानले वडाको सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य लगायतका भौतिक पूर्वाधार तथा सामाजिक संरचनामा उल्लेख्नीय उपलब्धीहरु हासिल भएका छन् ।
रामग्राम–४ का वडा अध्यक्ष यादवले मंगलबार परासी प्रेस क्लवमार्फत पत्रकार सम्मेलन गरी वडाको विकास गतिविधि सार्वजनिक गर्नुभएको हो । दोस्रो पटक वडा अध्यक्ष निर्वाचित हुनुभएका यादवको नेतृत्वमा रामग्राम नगरपालिका–वडा नं. ४ पछिल्ला वर्षहरूमा नगरका ‘सक्रिय वडाहरू’ मध्ये एकका रूपमा उभिन सफल भएको हो ।

नगर गौरवको योजनाअन्तर्गत वडामा निर्माण भएको बसपार्क र खेलकुद क्षेत्रका लागि नगर स्तरीय फुटवल रंगशालाले वडामा नयाँ उर्जा र आयम थपेको छ । सडकका कारण अलपत्र बनेको बसर्पाक औपचारिक रूपमा सञ्चालनमा ल्याउन वडाले पहल गरिरहेको अध्यक्ष यादवले बताउनुभयो । वडाभित्र रहेको जिल्लाकै पूरानो पाल्ही क्याम्पसमा भौतिक पूर्वाधार विस्तार, खानेपानी सुविधा, स्मार्ट बोर्ड र बस सहयोग मार्फत क्याम्पसको स्तरोन्नतीमा टेवा पुर्याउने काममा पनि वडा अध्यक्ष यादवको पहल सह्रानिय मानिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाउँदै रगत परीक्षण सेवा थप्ने तयारी गरिएको अध्यक्ष यादव बताउनुहुन्छ ।

वडामा कृषिका लागि तीनवटा डीप बोरिङ निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ भने कृषि विद्युतीकरण, कृषि सडक निर्माण तथा कुलोमार्फत सिँचाइ सुदृढीकरणजस्ता कामले किसानलाई राहत पुगेको छ। वडाले लामो समय अलपत्र बनेको खानेपानी आयोजनामा विभिन्न चरणमा ४५ लाखभन्दा बढी लगानी गरी सञ्चालनमा ल्याएको छ । सो आयोजनाबाट हालसम्म करिब ४५० उपभोक्ता लाभान्वित भएका छन्।

रामग्राम ४ वडा कार्यालय वडा भित्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र प्रवद्र्धनमा पनि अग्रसर देखिएको छ । वडामा रहेका राधाकृष्ण, कोटही, दुर्गा मन्दिर तथा छठघाटमा पूर्वाधार विस्तारसँगै इदगाह व्यवस्थापनले वडा भित्रको सामाजिक सद्भाव बलियो बनेको छ । वडामा युवाका लागि व्यायामशाला सञ्चालन गरिएको छ भने उर्जामैत्री जीवनशैली प्रवद्र्धन गर्न वडाले अनुदानमा इन्डक्सन चुल्हो समेत वितरण गरेको छ। यो वडाले पहिलो पटक वडा स्थापना दिवस भव्य रूपमा मनाएको थियो ।

वडाभित्रका मूख्य तथा भित्री सडकमध्ये ९० प्रतिशत सडक सुधार भएको अध्यक्ष यादवले बताउनुभएको छ । वडाले निकट भविष्यमै जीतपुरमा पार्क निर्माण गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने तथा यातायात कार्यालयको भवन समेत सोही वडामा बनाउने गरी योजना अघि बढाएको छ । वडाभित्रका सेवाहरू छिटो र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउँदै वडा अध्यक्ष यादवले गुनासो वा समस्या भए ढिलाइ नगरी वडामा जानकारी गराउन आग्रह गर्दै समाधान गरी अघि बढ्ने बताउनुभयो ।
वडा कार्यालयले नागरिकलाई गुनासो रहित छिटो छरितो सेवा प्रदान गर्दै आएको वडा सचिव विष्णु कुमार आलेले बताउनुभयो । वडामा सिफारिस तथा सम्पत्ति कर लगायतका सेवा अनलाइन प्रणालीमार्फत सहज रूपमा उपलब्ध गराउँदै आएको उहाँले उल्लेख गर्नुभयो । परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेलको अध्यक्षता, सल्लाहकार टीकाराम गैरेको स्वागत तथा सचिव सुरेश यादवको सञ्चालनमा कार्यक्रम भएको थियो ।