spot_imgspot_imgspot_img
Home प्रमुख समचार बाह्रबीसे नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

बाह्रबीसे नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

Social Media Sharing

काठमाडाै, १६ कातिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकामा छापा मारेको छ । आयोगको विशेष टोलीले आइतबार अपरान्ह नगरपालिकामा छापामारी कागजात नियन्त्रणमा लिएको हो । नगरपालिकामा अनियमितता बढेको पटक-पटक गुनासो आएपछि छापा मारिएको आयोग स्रोतले लोकान्तरलाई बतायो ।

भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले करिब ५ करोड लिएको आरोपसहितको गुनासो आयोगमा पुगेको थियो । अस्पतालका लागि भनेर लगेको रकम मेयर बस्नेतले हिनामिना गरेको आरोप छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार बाह्रबीसे नगरपालिकामा छापा मार्न टोली पुगेको जानकारी दिए ।