spot_imgspot_imgspot_img
Home स्थानिय समचार बिनोद चौधरीलाई समर्थन गर्ने उम्मेदवारलाई उनकाे पार्टीबाट कार्वाही

बिनोद चौधरीलाई समर्थन गर्ने उम्मेदवारलाई उनकाे पार्टीबाट कार्वाही

Social Media Sharing

परासी, ५ फागुन । नेपाली कांग्रेसका उम्मदेवार विनोद चौधरीलाई समर्थन गर्ने उम्मेदवारलाई पार्टीले कार्वाही गरेको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार विनोद रेग्मीले पार्टीको विधान र पद्धती विपरित गई अर्काे दलका उम्मेदवार बिनोद चौधरीलाई समर्थन गरेको भन्दै रेग्मीलाई पार्टीले कार्वाही गरेको हो । विनोद रेग्मी प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट नवलपरासी निर्वाच क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । उम्मेदवार रेग्मीले फागुन ५ गते सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिनोद चौधरीलाई समर्थन गरेका थिए ।

उम्मेदवार रेग्मीले आफुँ र आफनो पार्टीमा आउने मत विनोद चौधरीलाई दिलाउने गरि समर्थन गरेको कार्य पार्टीले थाहा पाएपछि उनलाई पार्टीको सम्पुर्ण जिम्मेदवारी खोस्दै कार्वाही गरेको पार्टीका जिल्ला ईन्चार्ज गोपिराम ज्ञवालीबाट हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । उम्मेदवार रेग्मीले पार्टीको विधि, विधान, पद्धिती, निति भन्दा बाहिर गएर व्यक्तिगत रुपमा अर्काे दलका उम्मेदवार बिनोद चौधरीलाई समर्थन दिएकोले उनलाई पार्टीको पदिय जिम्मेदवारीबाट मुक्त गर्दे कार्वाही गरिएको जिल्ला ईन्चार्ज गोपिराम ज्ञवालीले बताउनु भयो । साथै पार्टीको समर्थन कुनै दल र दलका उम्मेदवारलाई नरहेको पनि प्रष्ट पार्नु भयो ।