spot_imgspot_imgspot_img
Home स्थानिय समचार भोली शुक्रबारदेखि जेनिथ फुटवल कप संचालन हुदै

भोली शुक्रबारदेखि जेनिथ फुटवल कप संचालन हुदै

Social Media Sharing

परासी, १५ माघ । स्वास्थयका लागि खेलकुद भन्ने मुलनाराका साथ नवलपरासीमा दोश्रो जेनिथ फुटवल कप प्रतियोगिता संचालन हुन लागेको छ । जिल्लाको सुनवल गरपालिका वडा ३ किर्तिपुर स्थित जेनिथ रंगशाला खेलमैदानमा भोली माघ १६ गते शुक्रबारदेखि उक्त दोश्रो जेनिथ फुटवल कप नकआउट खुल्ला प्रतियोतिगा संचालन हुने भएको छ । खेलको आयोजक जेनिथ युथ क्लबले आज पत्रकार सम्मेलन गरि उक्त प्रतियोतिाको भोली शुक्रबार भव्य रुपमा समुदघाटन हुने जानकारी दिएइको छ ।

प्रतियोगितामा नवलपरासी, रुपन्देही र नवलपुर गरि तिन जिल्लाका कुल १६ वटा खेलाडी टिम सहभागी हुने जेनिथ युथ क्लबका अध्यक्ष निकेश गुरुङ्गले जानकारी दिएका छन् । उनले, प्रतियोगितामा प्रथम पुरस्कार १ लाख २० हजार नगद र दोश्रो पुरस्कार ६० हजार रुपैया नगद राखिएको जानकारी दिदै खेल संचालन गर्दा कुल ७ लाख रुपैया खर्च हुने अनुमान रहेको अध्यक्ष गुरुङ्गले जानकारी दिएका हुन् ।

खेलकुदले स्वास्थय रहनु, खेलाडी उत्पादन हुनु र लागु औषध दुव्र्यसनबाट युवाहरु जोगाउन यस खेलको उद्देश्य रहेको सम्मेलनमा अखिल नेपाल फुटवल संघको जिल्ला कार्यवाहक अध्यक्ष ज्ञानु गुरुङ्गले जानकारी दिए । उनले यस खेलबाट नवलपरासी जिल्लालाई चिनाउने, राष्ट्रि«य रुपमा खेलाडी उत्पादन हुने र खेलकुद प्रति युवाहरुको आकर्षण बढाउने उद्देश्य रहेको जिकिर गरे । भोली खेलको भव्य रुपमा उद्दघाटन समारोह हुने आयोजकले जनाएको छ । खेलमा पहिलो खेल बिएफसी खैरेनी र नदुवा एफसी बिच हुने छ ।